सनातन धर्मको संरक्षणमा विजयपुर अध्यात्मिक मञ्च

  • फागुन २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सनातन धर्मको प्रचारप्रसारसँगै धार्मिक क्षेत्रको प्रवद्र्धनमा जुटेका विजयपुर अध्यात्मिक मञ्च आगामी दिनमा सनातन धर्मको संरक्षणका लागि धर्म अनुरागीहरुसँग समन्वय गरेर अगाडि बढ्ने भएको छ ।

हिन्दु धर्ममा चाडपर्व, कर्मकाण्डी लगायतका वैद्धिक साँस्कृकित पर्वहरु खर्चिलो बन्दै जादा धर्म परिवर्तन गर्ने होडबाजी पनि उत्तिकै छ ।

सनातान धर्मको संरक्षण गर्नकै लागि २०४८ सालमा स्थापना भएको यो संस्थाले धार्मिक क्षेत्रको प्रचारप्रसारसँगै वैदिक साँस्कृतिक पर्वलाई भड्किलो र खर्चिलो गर्नुहुदैन भनेर स्थापना कालदेखि नै सामुहिक रुपमा निःशुल्क व्रतबन्ध, गुन्युचोली, बेलविवाह लगायतका कार्य गर्दै आइरहेको छ ।

संस्थाले भर्खरै आफ्नो २३ औं बर्षिकोत्सव र नवौ अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा संस्थामा आवद्ध रहेकाहरुले मञ्चले धेरै काम गरेको भनिए पनि उद्देश्य अनुरुप अझै काम गर्न नसकेको बताएका थिए ।

संस्थाका सल्लाहकार डा. भरत भट्टराईले वैद्धिक सनातानभित्र रहेका कर्मकाण्डीलाई खर्चिलो हुन नदिन जुन काम स्थापनादेखि नै मञ्चले गरेको छ, विजयपुरमा भएका मठ मन्दिरमा भएका प्रचारप्रसारमा उल्लेख्य काम गर्न नसकेको बताए ।

मञ्चले स्थापना कालदलेखि नै सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको छ ।

हालसम्म हजारौलाई समावेश गरिसकेको मञ्चलै जनाएका छ । यसका अलावा बालबालिकलाई पनि अध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न यो मञ्चले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीकी संस्थापक अध्यक्ष सरला कायस्थले बालबालिकालाई समावेश गरेर विभिन्न कार्यक्रमको आयोजना गरी अध्यात्मिक चिन्तनतर्फ आकर्षित गर्न मञ्चलाई आग्रह गरिन् ।

सो अवसरमा मञ्चका नवनिर्वाचित अध्यक्ष पितरुमल अग्रवालले मञ्चले सनातन धर्मको रक्षाका साथै विजयपुरमा रहेका मठ मन्दिरको संरक्षण, धार्मिक पर्यटन भित्र्याउने योजना लगायतका काम गर्न अझै बाँकी रहेको बताए ।

अधिवेशनबाट पितरुमल अग्रवालको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्विरौध चयन गरिएको थियो । सो अवसरमा नव निर्वाचिक कार्य समितिलाई कार्यक्रममा सहभागीहरुले सनातनी धर्मालम्बीहरुको हितमा राम्रो र प्रभावकारी काम गर्नका लागि शुभकामना समेत दिएका थिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved