समाज

    Showing 1,801-1,810 of 6,823 items.
  • काठमाण्डौमा मञ्चले बारका उपाध्यक्ष पदम लिम्बू सम्मानित गर्यो

    काठमाण्डौं । नेकपा एमाले सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूलाई सम्मान गरेको छ । शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान तथा शेयर मार्केट बारे प्रशिक्षण कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा सुनसरी धरान निबासी लिम्बूलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थल

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा रातको १ बजे प्रहरीको आकस्मिक छापा!५ हजारभन्दा बढी ट्रामाडोलसहित दम्पती पक्राउ,

    धरान/ धरान उपमहानगरपालिकामा प्रहरीको साहसी कारवाही! रातको १ बजे अचानक प्रहरीको टोली लक्ष्मण मार्गस्थित डेरामा छापा मार्दै प्रतिबन्धित लागू औषधको ठूलो जथाभाव बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा खटिएको वडा प्रहरी कार्यालय धरानको टोलीले धनुषा, जनकपुरधाम घर भई धरान-१५ मा डेरा गरी बसिरहेका २५ वर्षीय राहुल शाह र उनकी २४ वर्षीया श्रीमती लक्ष्मी राईलाई पक्राउ गरेको हो। छापा मार्नेबित्तिकै चकित बनाउने खुलासा! दम्पतीको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखिएको अवस्थामा ५ हजार ५० थान ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीले जनाएको छ। यो परिमाणको औषधि व्यक्तिगत प्रयोगका लाग

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 18,440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ससुरा हत्या काण्डमा बुहारीकै सुनियोजित षड्यन्त्र!२० हजारको प्रलोभन

       संखुवासभा/ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफैंकी बुहारीको योजनामा भएको खुलेको छ! संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित आफ्नै घरको बरन्डामा सुतिरहेका मीनबहादुरलाई गत शनिबार राति घाँटी थिचेर हत्या गरिएको थियो। चोकचोकमा चर्चा चलेको यो अपराधको जरा भित्रसम्म पत्ता लगाउँदै, संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले खुलासा गरे — "बुहारीले २० हजार दिने भन्दै भाडाका मान्छे लगाएर आफ्नै ससुराको हत्या गराइन्।" अझै हैरान पार्ने कुरा के भने, उक्त योजनामा मीनबहादुरकी १२ वर्षीया नातिनी पनि सक्रिय थिइन्! प्रहरीका अनुसार, बुहारी, नातिनी र दुई किशोर मिलेर मी

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 1,456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशेष पाण्डे ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता बने

    काठमाडौं/सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा उनी विजयी घोषित भए। प्रशेष पाण्डे कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। उनले कोच मेलिना राईको समूहका खोटाङका रोशन राई, कोच राजु लामाको समूहका इलामका प्रमेश राई र कोच उदय सोताङको समूहकी सिक्किमकी अर्पणा आचार्यलाई पछि पार्दै उपाधि जिते। फिनालेमा रोशन राई फस्ट रनरअप, प्रमेश राई सेकेन्ड रनरअप र अर्पणा आचार्य थर्ड रनरअप घोषित भए। विजेता बनेका पाण्डेले उपाधिसँगै २० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। साथै, अन

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 892 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व प्रेस स्वतन्त्रता दिवस आज, राष्ट्रपति पौडेलद्वारा शुभकामना

    काठमाडौं/आज मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना सन्देश दिएका छन्। राष्ट्रपतिले जारी गरेको सन्देशमा नेपालमा निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को उल्लेखनीय योगदान रहेको स्मरण गर्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको अनिवार्य शर्त भएको बताएका छन्। उनले भनेका छन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। यो केवल सञ्चारकर्मीको हक मात्र नभई आमनागरिकको सुसूचित हुन पाउने संवैधानिक अधिकार पनि हो।

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 460 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघर्षमा रहेका गहना: कलाकारको पीडा र पहिचान

    'कलाकार देशको गहना हुन्" – यो भनाइ कति गहिरो छ, तर विडम्बनापूर्ण रूपमा हाम्रो समाज र राज्य संयन्त्रले त्यसको मूल्य अझै ‌बुझ्न सकेको छैन। कलाकार जसले समाजको भावनालाई स्वर, शरीर, रंग र लयमार्फत अभिव्यक्त गर्छन् । उनीहरू आफैँ भने देशमा सम्मान र सम्भावनाको खोजीमा भौँतारिइरहेका छन्। कला एउटा समाजको आत्मा हो भने, कलाकार त्यो आत्मालाई जीवित राख्ने पात्र हुन्। नेपालमा कलाकारितालाई अझै पनि गम्भीर रूपमा नलिइने, कला र कलाकारलाई केवल ूमनोरञ्जनू को औजार ठानिने र त्यसअनुसार व्यवहार गरिने गरिएको छ। आज पनि नेपालमा हजारौँ कलाकारहरू दैनिक जीविकोपार्जनको लागि संघर्ष गरिरहेका छन्। एउटा कलाकारले आफ्नो

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट क्याम्पस (सोम्स) ले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्‍यो

    विराटनगर/  बिराट क्याम्पस (सोम्स)ले आफ्नो शैक्षिक उत्कृष्टता र समर्पणलाई सम्मानित गर्दै विभिन्न सङ्कायका ७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान प्रदान गरेको छ। क्याम्पसको काठमाडौं बाहिर रहेको एकमात्र परीक्षा केन्द्र (सिबिइ सेन्टर)मा पहिलो तहको बोर्ड परीक्षा ९३५ अङ्क प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सम्पन्न श्रेष्ठलाई सम्मानित गरियो। त्यसैगरि, कक्षा–११ र कक्षा–१२ का उत्कृष्ट विद्यार्थीहरूलाई पनि आज क्याम्पसले विशेष सम्मान प्रदान गरेको हो। प्रत्येक वर्ष क्याम्पसले आफ्नो शैक्षिक प्रदर्शनमा उत्कृष्टता प्रकट गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यस अवसरम

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  "शिक्षक आन्दोलनको सहमतिमा टुंगो, सरकारी विद्यालय आजदेखि खुले"

     काठमाडौं/ एक महिना लामो शिक्षक आन्दोलन अन्ततः सहमतिमा टुंगिएपछि आजदेखि देशभरका सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्। शिक्षकहरूले सरकारसँगको नौ बुँदे सहमति पछि आन्दोलन अन्त्य गरेका हुन्। यस आन्दोलनका कारण विद्यालयहरूको पठनपाठन ठप्प मात्र भएन, भर्ना अभियान पनि प्रभावित भएको थियो। सहमति बुधवार भएको भए तापनि, यसको सार्वजनिक घोषणा हिजो मात्र भएको थियो, जसका कारण आजदेखि विद्यालयहरू खुला भएका छन्। शिक्षकहरूले भनेका छन् कि सुरुमा भर्ना अभियान पूरा गरिनेछ र केही दिनमा पठनपाठन सुचारु हुनेछ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा एक महिलाले आफ्नै जीवित श्रीमानलाई मरेको घोषणा गर्दै अदालतमा न्यायिक मृत्युसिद्धिको माग गरेकी घटना अहिले चर्चाको शिखरमा छ। पैसाको लोभमा परेर स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्दै मृत्युप्रमाणपत्र बनाउने काम भएको खुलासा भएपछि, यो घटनाले कानुनी, प्रशासनिक र नैतिकताको गम्भीर प्रश्न उठाएको छ। दीपबहादुर खड्का नाम गरेका ती व्यक्ति विदेशमा – कतारमा – जिउँदै भेटिएका छन्। तर उनका श्रीमती कुस्मादेवी खड्काले भने १२ वर्षदेखि सम्पर्कविहीन भएको भन्दै उनलाई ‘मरेको’ घोषणा गर्न अदालतमा निवेदन दिएकी थिइन्। साथमा इटहरी उपमहानगरपालिका&n

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 3,257 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कारपियो दुर्घटनामा एकको ज्यान गयो, छ जना घाइते

    उदयपुर/ उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बैशाख १८ गते अपराह्न चितवनबाट झापा जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइतेहरूमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतलाई तत्कालै प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी कटारी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ नै चिकित्सकले उनलाई मृत घोषणा गरे। घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये दमक–१० क

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 1,623 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved