ससुरा हत्या काण्डमा बुहारीकै सुनियोजित षड्यन्त्र!२० हजारको प्रलोभन रिस र प्रतिशोधको आगोले निम्त्यायो बर्बादी

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 

 संखुवासभा/ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आफैंकी बुहारीको योजनामा भएको खुलेको छ! संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित आफ्नै घरको बरन्डामा सुतिरहेका मीनबहादुरलाई गत शनिबार राति घाँटी थिचेर हत्या गरिएको थियो।

चोकचोकमा चर्चा चलेको यो अपराधको जरा भित्रसम्म पत्ता लगाउँदै, संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले खुलासा गरे — "बुहारीले २० हजार दिने भन्दै भाडाका मान्छे लगाएर आफ्नै ससुराको हत्या गराइन्।"

अझै हैरान पार्ने कुरा के भने, उक्त योजनामा मीनबहादुरकी १२ वर्षीया नातिनी पनि सक्रिय थिइन्! प्रहरीका अनुसार, बुहारी, नातिनी र दुई किशोर मिलेर मीनबहादुरको हत्या गरेका हुन्। चारै जनालाई पक्राउ गरिएको छ — जसमा दुई किशोर मजदुरी गरेर गुजारा चलाउने बताइएको छ।

रिस र प्रतिशोधको आगोले निम्त्यायो बर्बादी

मृतक मीनबहादुर पूर्वकैदी थिए। उनले २०५९ मा एक व्यक्तिको हत्या गरेका थिए भने २०७१ मा आफ्नै छोरामाथि खुकुरी प्रहार गरेका थिए। ती छोरा अहिले वैदेशिक रोजगारीमा छन्, तर बुबाको आक्रोश भने बाँकी थियो।

विदेशबाट फर्किएपछि छोराको हत्या गर्ने धम्की दिन थालेपछि बुहारी त्रसित थिइन्। जग्गा बेचेर श्रीमतीको उपचार गर्ने भन्दै परिवारमा झगडा झन् बढेको थियो।

हत्या राति योजनाबद्ध ढंगले भयो

वैशाख १३ गते राति बुहारीले दुई किशोरलाई घरमा बोलाइन्। चारै जनाले जाँड सेवन गरेपछि, बुहारी र नातिनीले मीनबहादुर सुत्नेठाउँ देखाइदिए।

त्यसपछि किशोरहरूले घाँटी थिचेर हत्या गरे। हत्या गरी चारै जना बुहारीकै घरमा सुत्न गएका थिए। सात दिनपछि प्रहरीद्वारा पक्राउ गरिए।

अहिले घटनामा संलग्नहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved