काठमाण्डौमा मञ्चले बारका उपाध्यक्ष पदम लिम्बू सम्मानित गर्यो

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं । नेकपा एमाले सुनसरी काठमाण्डौं सम्पर्क मञ्चले नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम लिम्बूलाई सम्मान गरेको छ ।

WhatsApp Image 2025-05-03 at 13.46.32 (1)
शनिबार मञ्चको कार्यालय च्यासल ललितपुरमा आयोजित भित्ते पात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान तथा शेयर मार्केट बारे प्रशिक्षण कार्यक्रमको अवसरमा हालै सम्पन्न बारको केन्द्रीय निर्वाचनमा सुनसरी धरान निबासी लिम्बूलाई सम्मान गरिएको हो ।

WhatsApp Image 2025-05-03 at 13.46.34 (1)
कार्यक्रमका प्रमुख अतिथि नेकपा ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लालबाबु पण्डितले सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको हो ।

WhatsApp Image 2025-05-03 at 13.46.33 (1)
कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरिएको छ । सुनसरीका विभिन्न पर्यटकिय स्थलहरुको तस्बिर सहित प्रकाशन गरिएको भित्ते पात्रो प्रमुख अतिथि पार्टीका केन्द्रीय नेता तथा पार्टी कोशी प्रदेशका नेताहरुले सामुहिक रुपमा सार्वजनिक गरिएको हो ।कार्यक्रममा शेयर मार्केट विशेषज्ञ महेश रिजाल र कृष्ण गिरीले प्रशिक्षण प्रदान गरेका थिए ।

WhatsApp Image 2025-05-03 at 13.46.34

कार्यक्रममा प्रमुख अतिथि सहित पूर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य भगवती चौधरी, धरानका पूर्व नेकपा एमाले केन्द्रीय सदस्य मन्जु भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी, नेकपा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई सम्मानित व्यक्तत्व लिम्बू लगायतका नेताहरुले शुभकामना व्यक्त गरेका थिए ।

मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश विष्टले जिल्लाबाट विभिन्न उदेश्यले काठमाण्डौंमा बसोबास गर्नुहुने पार्टीका सदस्य, शुभचिन्तक तथा नागरिकहरुलाई काठमाण्डौंमा हरेक हिसावले समेट्दै वहाँहरुको काममा सहयोग पुर्याउने र पार्टीको कामलाई व्यवस्थित गर्न सम्पर्क मञ्चले भूमिका खेलिरहेको बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved