संघर्षमा रहेका गहना: कलाकारको पीडा र पहिचान सन्देश तिम्सिना

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

'कलाकार देशको गहना हुन्" – यो भनाइ कति गहिरो छ, तर विडम्बनापूर्ण रूपमा हाम्रो समाज र राज्य संयन्त्रले त्यसको मूल्य अझै ‌बुझ्न सकेको छैन। कलाकार जसले समाजको भावनालाई स्वर, शरीर, रंग र लयमार्फत अभिव्यक्त गर्छन् ।

उनीहरू आफैँ भने देशमा सम्मान र सम्भावनाको खोजीमा भौँतारिइरहेका छन्। कला एउटा समाजको आत्मा हो भने, कलाकार त्यो आत्मालाई जीवित राख्ने पात्र हुन्। नेपालमा कलाकारितालाई अझै पनि गम्भीर रूपमा नलिइने, कला र कलाकारलाई केवल ूमनोरञ्जनू को औजार ठानिने र त्यसअनुसार व्यवहार गरिने गरिएको छ।

आज पनि नेपालमा हजारौँ कलाकारहरू दैनिक जीविकोपार्जनको लागि संघर्ष गरिरहेका छन्। एउटा कलाकारले आफ्नो जीवनको अमूल्य समय, शक्ति र सिर्जनशीलता राष्ट्रलाई दिने काम गदर्छ।

गीत, संगीत, नृत्य, रंगमञ्च, मूर्तिकला वा चित्रकला सबै माध्यमले राष्ट्रको पहिचान बनाउने भूमिका खेल्छ। तर जब यिनै कलाकारको आत्मसम्मान, सुरक्षाको प्रत्याभूति, र भविष्यप्रतिको विश्वास संकटमा पर्दछ, त्यतिबेला राष्ट्र आफैँ कमजोर बन्छ।

केहि बर्ष अघि लोकप्रिय गायक पशुपति शर्माले गाएको “लुट्न सके लुट” गीतले समाजको विकृति र राजनीतिक विसंगतिलाई प्रष्ट रूपमा अभिव्यक्त गरेको थियो। तर राजनीतिक दबाबको कारण केही दिनमै युट्युबबाट हटाउनुपर्‍यो ।

यो केवल एउटा गीत हटाउने घटना थिएन, कला र कलाकारको स्वतन्त्रता माथिको प्रहार थियो। यो उदाहरणले देखाउँछ कि नेपालका कलाकारलाई कति ठूलो जोखिम झेल्नुपर्छ।

आजको युगमा सामाजिक सञ्जाल कलाकारहरूको लागि ठूलो अवसरको माध्यम बनेको छ। थुप्रै कलाकारहरू टिकटक, युट्युब, फेसबुक जस्ता प्लेटफर्ममार्फत अघि बढेका छन्, जसले उनीहरूलाई दर्शकसामु चिनाउने र स्थापित गराउने भूमिका खेलेको छ।

तर यसै सामाजिक सञ्जालको दुरुपयोगले कलाकारहरू पीडित पनि भएका छन्। कतिपय अवस्थामा कलाकारिता जोगाउनेभन्दा गुमाउने माध्यम बन्न पुगेको छ।

बालकलाकार सचिन परियार उनी सामाजिक सञ्जालमै देखिए, भाइरल भए, लोकप्रियता पाए। तर त्यो लोकप्रियता उनले कलाकारको रूपमा सुरक्षित र सम्मानित भविष्य बनाउने अवसर दिएन। समाजले उनीमाथि चासोभन्दा बढी प्रयोग गर्‍यो।

कार्यक्रममा बोलाउने, अनेक प्रश्न सोध्ने, सबैले आफ्नो फाइदाका लागि प्रयोग गर्ने प्रवृत्तिले अन्ततः उनलाई मानसिक र पारिवारिक रूपमा कमजोर बनायो। त्यो केवल सचिन परियारको कथा थिएन, त्यो एउटा कलाकारप्रतिको लापरवाही थियो ।

परिणामस्वरूप उनले सधैँका लागि यो संसारबाट बिदा लिनुपर्‍यो । यो घटनाले देखाउँछ कलाकारलाई अवसर मात्र होइन, संरक्षण पनि चाहिन्छ।

सामाजिक सञ्जालमार्फत उभिने र नाच्ने राम्रा कलाकार हरूलाई प्रोत्साहन गर्नुको सट्टा समाजको एक वर्गले हेय दृष्टिले हेर्ने, तिनको लयभित्र लुकेको भावलाई बुझ्न नसक्ने प्रवृत्ति बढ्दो छ।

थुप्रै नृत्यकर्मीहरू सम्मान र अवसरको खोजीमा देश छाड्न बाध्य भएका छन्। कसैले अस्ट्रेलियामा डान्स स्टुडियो खोलेका छन्, कसैले अमेरिका वा युरोपमा बसेर कला जीवन्त राखिरहेका छन्। नेपालमा पर्याप्त अवसर नपाउँदा ती गहनाहरू विदेशिए, जसको उज्यालो हाम्रो देशको संस्कृति उज्यालो बनाउने सक्थ्यो।

चित्रकलाको क्षेत्रमा पनि अवस्था उस्तै छ। चित्रकारहरूको सिर्जना राष्ट्रिय धरोहर बन्न सक्ने क्षमता राख्दछ, तर तिनको कदर गर्ने चेतना न राज्यमा छ, न समाजमा।

सार्वजनिक स्थलमा भित्तेचित्र बनाउने चित्रकारहरूलाई सामान्य मजदुरको नजरले हेर्ने र तिनको श्रमप्रति सम्मान नभएको यथार्थले उनीहरूको आत्मबल कमजोर बनाइरहेको छ। थुप्रै नवप्रवेशी चित्रकारहरूले विदेश गएर आफ्नो कला उजागर गरेका छन्, जुन अवसर नेपालमै हुन सक्नेथियो।

हाम्रो राज्यले कलाकारलाई नीति निर्माणमा प्राथमिकता दिँदैन। कलाकारहरूको पेशागत सुरक्षाका लागि पेन्सन, बिमा, तालिम, वा जागिरको सुनिश्चितता छैन। सरकारले ूसांस्कृतिक नीतिू बनाए पनि त्यसको कार्यान्वयन कागजमै सीमित हुन्छ। पुरस्कार वितरण कार्यक्रम, शिलापत्र विमोचन वा उद्घाटन समारोहमा कलाकारलाई बोलाइन्छ तर त्यो आमन्त्रित सत्कार हो , वास्तविक सम्मान होइन।

समाजले पनि कलाकारलाई हेर्ने दृष्टिकोण परिमार्जन गर्न सकेको छैन। हामी कलाकारलाई तब सम्झन्छौँ जब मञ्चमा नाच्छन्, गाउछन्, अभिनय गर्छन्। तर त्यो क्षणिक तालीकै भरमा कलाकारहरुको संघर्ष, उनीहरूको भावना, अनि उनीहरूको सपना बुझिँदैन। कलाकारलाई केवल ूमनोरञ्जन दिने व्यक्तिू को रूपमा होइन, समाजका दर्पणका रूपमा पनि हेर्नुपर्ने समय आएको छ।

कलाकर्मिहरुलाइ परिस्थिति परिवर्तन गर्न थोरै समय लाग्छ । यसको पहिलो पाटो भनेको शिक्षा प्रणालीमै कलालाई गम्भीर रूपमा समावेश गर्नु हो। अहिले केही विद्यालयहरूमा नृत्य, संगीत, चित्रकला जस्ता विषयहरू सिकाइने गरिएको पाइन्छ, तर त्यो केवल अतिरिक्त क्रियाकलापको रूपमा सीमित छ। विद्यार्थीलाई सिर्जनशील बनाउन कला आवश्यक पाटो हो भन्ने बुझाइ अझै शिक्षाको मूलधारमा पुगेको छैन।

विद्यालय कलेजमा नृत्य, संगीत, चित्रकला र नाट्यकलालाई अनिवार्य रूपमा सिकाइने हो भने कलालाई सम्मानित पेशाको रूपमा हेर्ने सोच विकास हुन्छ। दोस्रो, सरकारले कलाकारहरूको संरक्षणका लागि नीतिगत सुधार गर्नुपर्छ। कलाकार परिचयपत्र, स्वास्थ्य बिमा, पेन्सन, र न्यूनतम पारिश्रमिक जस्ता संरचनात्मक कुराहरू कार्यान्वयन हुनुपर्छ।

कलाकारहरू केवल मनोरञ्जनका पात्र होइनन्, उनीहरू समाजका क्रान्तिकारी, इतिहासका साक्षी, र भविष्यका मार्गदर्शक हुन्। यदि कलाकारप्रति साँचो सम्मान दिन सकियो भने मात्र साँच्चिकै सभ्य, सांस्कृतिक, र प्रगतिशील राष्ट्रतिर उन्मुख हुन सक्छौं। कलाकार बाँच्न पाएनन् भने संस्कृति मर्दछ , संस्कृति मरेपछि राष्ट्रको आत्मा हराउँछ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved