स्कारपियो दुर्घटनामा एकको ज्यान गयो, छ जना घाइते

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/ उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।

बैशाख १८ गते अपराह्न चितवनबाट झापा जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेका घाइतेहरूमध्ये झापा दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतलाई तत्कालै प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी कटारी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ नै चिकित्सकले उनलाई मृत घोषणा गरे।

घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाललाई थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको छ।

गाडी चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved