प्रशेष पाण्डे ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता बने

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ सिजन–६ को उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन्। शुक्रबार राति काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा उनी विजयी घोषित भए।

प्रशेष पाण्डे कोच खेम सेन्चुरीको समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए।

उनले कोच मेलिना राईको समूहका खोटाङका रोशन राई, कोच राजु लामाको समूहका इलामका प्रमेश राई र कोच उदय सोताङको समूहकी सिक्किमकी अर्पणा आचार्यलाई पछि पार्दै उपाधि जिते।

फिनालेमा रोशन राई फस्ट रनरअप, प्रमेश राई सेकेन्ड रनरअप र अर्पणा आचार्य थर्ड रनरअप घोषित भए।

विजेता बनेका पाण्डेले उपाधिसँगै २० लाख रुपैयाँ नगद प्राप्त गरेका छन्। साथै, अन्य दुई प्रायोजकबाट उनले थप १–१ लाख रुपैयाँ जितेका छन्।

विजयपछि प्रतिक्रिया दिँदै प्रशेष पाण्डेले फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्ने प्रमाण आफूले पेश गरेको बताए। उनले आफ्नो जितलाई फरक क्षमता भएका व्यक्तिहरूको जितको रूपमा व्याख्या गरे।

हिमालय टेलिभिजनमा झण्डै दुई महिनादेखि प्रसारण भइरहेको भ्वाइसको छैटौं सिजन अन्त्यसँगै च्यानलले अब ‘द भ्वाइस किड्स नेपाल’ को तयारी गरिरहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved