बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी हुँदै ठूलो मात्रामा लागूपदार्थ तस्करी भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले नदीमै बगिरहेको अवस्थामा २०० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार बिहान २:३० बजेतिर सप्तकोशी नदीको किनारमा खोजतलास गर्ने क्रममा दुईवटा बेवारिसे ट्यूब नदीमा बगिरहेको फेला पारेका थिए। प्रहरीले ती ट्यूबहरूलाई पछ्याउँदै कोशी पुलदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ नदी किनारमा ल्याई खानतलासी गर्दा ८ वटा प्लास्टिकका बोरामा पोका पारिएको २०० किलो गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो। लागू औषध ओसारपसारम
धरान/ धरान उपमहानगरपालिका–५ र ६ को सिमानामा पर्ने शेरा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको लामो समय भइसक्यो। तर, पुल बने पनि जोखिम भने टरिसकेको छैन। खोलाको सतह बर्सेनि उचाइँ लिँदै जाँदा बाढीको त्रास झन् बढेको छ। खोलाले गाउँमै पानी पस्ने अवस्था सिर्जना गरेपछि स्थानीय बासिन्दा त्रासमा बाँचिरहेका छन्। धरान–६, पानबारीका स्थानीय कृष्ण गौतम भन्छन्, “करोडौं रुपैयाँ खर्चेर पुल त बनाए, तर खोलाको सतह नै यति अग्लो हुँदै गएको छ कि खोलामा बाढी आउँदा पुल मात्र होइन, सिंगो गाउँ डुब्ने खतरा देखिएको छ।” स्थानीयले हरेक वर्ष वर्षायाम नआउँदै त्रासको सामना गर्नुपर्ने बाध्यता
धरान/ धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान
दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले लागू औषध गाँजाको ठूलो खेप बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ४३८ किलो गाँजा सहित भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगञ्ज वेलगछिया (शुक्रबारे) बाट संयुक्त रुपमा खटिएको टोलीले मिति २०८२।०२।१५ गते बिहान ३:०० बजे तिर तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा भारततर्फबाट आउँदै गरेको WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियोलाई रोकेको थियो। तर प्रहरी टोलीलाई
धरान/ धरान नगरका मेयर हर्क साम्पाङको श्रमशील दृष्टिकोण र समाजसेवामा योगदानलाई कदर गर्दै धरानस्थित प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले अभिनव शैलीमा सम्मान गरेको छ। कलेजका विद्यार्थीहरूले सेफ कबिन राई र सेफ सबिन थापा मगरको मार्गदर्शनमा फलफूल नक्काशी तथा प्लेटर तयारीको प्रयोगात्मक कक्षा सम्पन्न गरेका थिए, जहाँ विशेष आकर्षण थियो मेयर साम्पाङको तस्बिर उतारिएको कलात्मक नक्काशी। विद्यार्थीहरूले उक्त कलाकृति स्वयम् मेयर साम्पाङको कार्यलयमै पुगी सम्मानपूर्वक हस्तान्तरण गरे। नक्काशी मात्र होइन, कार्यक्रममा सामुदायिक भावना झल्काउने एउटा गहिरो सन्देश पनि थियो। कलेजका निर्देशक अनिल श
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ राजापुरीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। मध्यान्ह १५:५१ बजेको समयमा शंकास्पद रुपमा एक पुरुष व्यक्तिले बोरा बोकी हिँडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला परेको हो। पक्राउ पर्ने व्यक्ति रामधुनी नगरपालिका–४ का २१ वर्षीय आशिष विक रहेको प्रहरीले जानकारी दिएको छ। शंका लागेपछि प्रहरीले बोरा फालेर भाग्ने प्रयास गरेका विकलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि गरिएको चेकजाँचमा तल उल्लेखित लागू औषध फेला परेको छ: &bul
धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविर जेष्ठ १३ गते साँगुरीगढी–२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी–९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो। शिविरको क्रममा बुढिमोरङमा ७२० जना र आहालेमा ६१६ जना बिरामीले सेवा लिएका थिए। नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो। शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नश
वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प्राकृतिक तथा मानवनिर्मित प्रकोपको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न अग्रसरता देखाएको छ। सम्भावित विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले सक्रिय कदम चाल्दै व्यापक तयारी थालेको छ। लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव तीव्र भएसँगै वराहक्षेत्रको ठूलो भूभाग जोखिममा परे पनि नगरपालिकाले यस चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै आएको छ। बाढी र कटानमात्र नभई, जङ्गली हात्तीको आतङ्क, आगलागी, महामारी र पशु रोगजस्ता विविध समस्या न्यूनीकरणका लागि पनि नगरस्तरमै समन्वयात्मक प्रयास सुरु
धरान/ लामो समय पत्रकारितामा सक्रिय रहँदै आएका दिनेश गजमेर २०७९ सालको स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य बने। दुई दशकसम्म दलित अधिकार र सामाजिक विषयमा कलम चलाउँदै आएका गजमेर अब भने अधिकारको मुद्दा स्थापित गर्न राजनीतिक क्षेत्रमा होमिएका छन्। स्थानीय सरकारको कार्यपालिका सदस्य भए पनि अपेक्षा गरेअनुसार काम गर्न सहज नभएको उनी बताउँछन्। “पत्रकारितामा रहेर मुद्दा उठाउन सकिन्छ, तर कार्यान्वयन गर्न सत्ता नै चाहिँदो रहेछ,” गजमेरले भने। उनले कार्यपालिका सदस्यका रूपमा पहिलो बैठकमै दलित डेस्क स्थापना गर्ने प्रस्ताव राखे, जुन सर्वसम्मत निर्णय
धरान/ धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र घोषणा गरिए पनि किसानको खेतबारी भने फौजी कीराको कब्जामा परेको छ। कृषि योजनाको नाममा भाषण र कागजी प्रतिबद्धता मात्रै हुँदा यहाँका कृषक वर्षेनी झैँ यो साल पनि मकैबाली गुमाउने त्रासमा छन्। वडा नं. ६ अन्तर्गत पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका क्षेत्रका किसान मकैबालीमा फैलिएको फौजी कीराका कारण हैरान छन्। वैशाखको अन्तिम साता देखिनै मकैबालीको गुबोभित्र पसेर पात खाने, बोट सुकाउने र बाली सखाप पार्ने कीराले किसानको मेहनत सडकमै आएको छ। "हामी मेहनत गर्छौं, मल–पानी, औषधि सबै गर्छौं तर कीराले बोटै सिध्याउँछ" किसान कृष्णब