यातायात मजदुर व्यवसायीले बनाए संयुक्त समिति आवश्यक परे सडक संघर्षको तयारी

  • असार ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि यातायात व्यवसायी महासंघ तथा यातायात मजदुर सम्बध संगठनहरुले संयुक्त समन्वय समिति गठन गरेको छ ।

यातायात सम्बध ऐन, कानुनहरु संशोधन र आवश्यक परे सडक संघर्षसम्म जाने तयारी समितिको रहेको छ । 

मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यालयमा सम्पन्न संयुक्त बैठकले महासंघको अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, महासंघका महासचिव डेकनाथ गौतम रहेको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि संयुक्त समन्वय समिति गठन गरेको हो । 

समितिको सल्लाहकारमा महासंघका निवर्तमान अध्यक्ष विजय स्वाँर हुनुहुन्छ भने समितिको बैठकमा प्रत्येक मजदुर संघ संगठनहरुबाट महासचिव वा अध्यक्ष एकजना सहभागी रहने छ । 

समितिले नीतिगत रुपमा हाल सरकारले विधेयक मार्फत जारी गर्न लागिरहेको सवारी तथा यातायात ऐन २०८३ मा ल्याउन लागिरहेको ५ सय देखि १ लाखसम्मको जरिवाना, सडक दुर्घटनामा ज्यान मरेमा चालकलाई हुने सजाय, चालक अनुमतिपत्र निलम्बन र खारेजी सम्बन्धी व्यवस्था लगायतलाई संशोधनका लागि सरकारसंग संयुक्त रुपमा सुझाव पेश गर्ने, यातायात क्षेत्रमा काम गर्ने सबै रुमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने, यातायात नीतिमा सुझाव, सडक सुरक्षा परिषद् ऐनमा सुझाव, बिमा सम्बन्धी व्यवस्थामा सुझाव दिने बैठकमा सहभागी मजदुर नेता भीमज्वाला राईले बताउनुभयो ।  

त्यसैगरी यातायात श्रमिकहरुलाई सडक सुरक्षा सचेतना, यात्रुमैत्री व्यवहार बारे अभियान सञ्चालन गरिने र यातायात व्यवसायीहरुलाई आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन समेत संयुक्त अभियान सञ्चालन गरिने महासंघका अध्यक्ष पूण्यप्रसार सिटौलाले बताउनु भयो ।

 त्यस्तै यात्रु तानातान, व्यवसायी मजदुरका वोली व्यवहारलाई नियमन गर्दै सेवालाई सुधारका लागि संयुक्त कार्यालय स्थापना गरेर जनताको सेवालाई गुनस्तरिय बनाउन संयुक्त अभियानहरु सञ्चालन गरिने मजदुर नेता धर्मराज भण्डारीले बताउनु भयो ।

हामीले लामो समयदेखि सहकार्य गर्दै आइरहेकाछौं महासंघको महाधिवेशन पछि नयाँ नेतृत्व आएकाले हामी बीचको सहकार्यलाई थप बलियो बनाउने र राज्यका अराजकता विरुद्ध सशक्त रुपमा संयुक्त संघर्ष गरिने मजदुर नेता दीपक केसीले बताउनुभयो ।

धरानको तीनढ्वाङ्गे प ...

धरान/ धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको कि ...

मदिराको मातमा दाजुभा ...

खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा म ...

धरानको विद्युत् मर्म ...

धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद ...

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved