मदिराको मातमा दाजुभाइबीच झगडा, भाइको ज्यान गयो

  • असार ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा मदिरा सेवनपछि दाजुभाइबीच भएको झगडाले दुःखद रूप लिँदा एक जनाको मृत्यु भएको छ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आइतबार साँझ करिब ८ बजे ४८ वर्षीय इमानसिंह राई र उनका ३५ वर्षीय भाइ ओइमानसिंह राईबीच घरायसी विवाद चर्किएर कुटाकुट भएको थियो। दुवैले मदिरा सेवन गरेका थिए।

झगडाका क्रममा ओइमानसिंह घरको बरन्डाबाट लड्दा टाउको र पेटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान २:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा इमानसिंह राई र सोही स्थानका ३० वर्षीय जीवन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved