बेपत्ता भएको चार दिनपछि शव भेटियो

  • असार ३२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

मकवानपुर/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि फेला परेको छ।

सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चालकले चलाएको स्कुटर भने मङ्गलबार क्षतिग्रस्त अवस्थामा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार स्कुटरमा फेला परेको ब्लुबुकका आधारमा स्कुटरधनी सर्लाहीका महेश कार्की रहेको खुलेको छ। कार्कीका आफन्त घटनास्थलमा पुगेका छन्।

प्रहरीका अनुसार सिमखोलाले बगाएको शव घटनास्थलबाट करिब १५० मिटर तल बालुवामा पुरिएको अवस्थामा फेला परेको हो। जेसीबीको सहायताले शव निकालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो।

सोमबार दिउँसो करिब ३ः३० बजे स्कुटरसहित चालक खोलाले बगाएका थिए। बेपत्ता चालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको थियो।

कोशीको सत्ता समीकरण ...

  विराटनगर/  कोशी प्रदेशको राजनीतिमा नय ...

अन्तिम पटक सँगै तास ...

लमजुङ/  बेंसीसहर नगरपालिका–८ का ५७ वर्षीय बु ...

माग्दा पनि सूचना नदि ...

इटहरी/  सूचनाको हक प्रयोग गरी सार्वजनिक सरोकारका व ...

धरानमा ‘कोरा राइड २० ...

धरान/  वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved