धरानको तीनढ्वाङ्गे पुल तीन वर्षदेखि जस्ताको तस्तै, कहिले बन्ला?

  • असार ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णिम राई

धरान/ धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उहाँ श्रीमान् राम सुनुवारलाई सम्झिनुहुन्छ ।

तीन वर्षअघि यही पुलबाट लडेर गम्भिर घाइते भएका उहाँका श्रीमान्‌को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उहाँको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ । पुल भने अझै पुनर्निर्माण भएको छैन ।

विसं २०८० चैतमा निर्माण सम्पन्न भएको उक्त पुल पाँच महिना बित्न नपाउँदै साउन २२ गते राति आएको भीषण बाढीबाट भत्कियो । त्यस स्थानमा सरोकारवाला निकायले नयाँ पक्की पुल निर्माण गर्ने विषयमा समयमै चासो नदिँदा स्थानीयवासी अहिले पनि जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

घरको मूल सहारा नै गुम्यो, “हरिमाया भन्नुहुन्छ, “उपचार गर्दा लागेको ऋण अहिलेसम्म तिर्न सकेका छैनौँ । श्रीमान्‌को मृत्यु भएको केही समयपछि काम विशेषले इटहरी जाँदा जेठो छोरा पनि सुनसरीको तरहरामा दुर्घटनामा परी घाइते भए । अहिलेसम्म उसले राम्रोसँग काम गर्न सक्दैनन् । केही क्षतिपूर्ति वा राहत पाइन्छ कि भनेर वडा र नगरपालिका धाए, न राहत पाए, न त पुल नै बन्यो ।”

तीनढ्वाङ्गेको पुलबाट लडेर राम सुनुवारको ज्यान गयो भने मोटरसाइकल, स्कुटरलगायतका सवारी साधन दुर्घटनामा १० जनाभन्दा बढी घाइते भइसकेका छन् । यही महिनामै पनि स्कुटर पुलबाट खस्दा दुई जना घाइते भए । त्यस घटनामा धनकुटा बेलहरा हर्कबहादुर राई दुवै खुट्टा भाँचिएर अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ । उहाँसँगै स्कुटरमा सवार धरान–१ का भीम राई भने उपचारपछि घर फर्कनुभएको छ ।

पुलको छेउबाट पैदलयात्रुका लागि अस्थायी फलामे पुल बनाइएको छ । तर मोटरसाइकल तथा अन्य सवारी साधनले लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्छ । स्थानीयले पुल वारपार गर्न परेमा जोखिम मोलेर पुरानै बाटो प्रयोग गर्न बाध्य छन् ।

स्थानीय लीलामाया तामाङ भन्नुहुन्छ, “चुनावका बेला नेता पुल बनाइदिने वाचा गर्दै भोट माग्न आएका थिए । त्यही भएर पनि हामी कहिले पुल बन्ला भन्ने आशामा छौँ । बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ तर पार गर्ने अर्को विकल्प केही छैन ।”

दुर्गापथ टोल विकास संस्थाका अध्यक्ष सुवास श्रेष्ठका अनुसार विसं २०१७ मा तत्कालीन ब्रिटिस घोपा क्याम्पसम्म आवतजावत सहज बनाउन निर्माण गरिएको पुल मदन भण्डारी राजमार्ग विस्तारका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गरिएकाले संरचना कमजोर बनेको र पछि भत्किएको हो ।

धरान बजारको फोहोर पानी यही खहरेमा मिसिने भएकाले वर्षायाममा आउने भेलले करिब २०० भन्दा बढी घर बाढी र कटानको जोखिममा परेका छन् । वर्षायाम सुरु भइसकेकाले खहरेमा आउने बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा पनि बढेको छ । पुल नहुँदा बिरामीलाई समयमै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन समेत समस्या झेल्नुपरेको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पुल पुनर्निर्माणको प्रक्रिया अब छिट्टै सुरु गरिने भएकाले तत्कालका लागि अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताउनुभयो । 

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ सार्वजनिक यातायात क्षेत्र सुधारका लागि ...

मदिराको मातमा दाजुभा ...

खोटाङ/ खोटाङको साकेला गाउँपालिका–४ पारुङमा म ...

धरानको विद्युत् मर्म ...

धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रको विद ...

मोडर्न प्रिपरेटरी से ...

इटहरी/विसं २०४९ सालमा स्थापना भई कोशी प्रदेशकै अग्रणी श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved