समाज

    Showing 1,481-1,490 of 5,391 items.
  • धरानमा महिला उद्यमी मेला शुरु,पूर्व अध्यक्षलाई सम्मान

    धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्ब डिआइजी ज्ञान बिक्रम राइफल लिएर वन्य जन्तुको शिकार गर्दै,मध्यराती बँदेल सहित पक्राउ

    सुनसरी/  नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञान विक्रम शाह   जंगली बँदेल  सहित सप्तरीमा पक्राउ परेका छन् । इटहरी निवासी शाह र बहालवाला सई सहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो । वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको जनाइएको छ । बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूले प्वाइ

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मितेरी बैंकका सिइओ वस्तीलाई पत्नी शोक

    धरान । धरान स्थित मितेरी डेभलपमेन्ट बैकका कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको अर्धाङ्गिनी कोपिल वस्तीको आज असामयिक निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो १ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी विगत तीन बर्षदेखि विरामी भई उपचाररत रहेकी थिइन् ।स्व.वस्तीको जन्म वि.स. २०३५  साल साउन १८ गते भएको थियो ।  उनको पार्थीब शरीरलाई विहीबार विहान ८ वजे निज निवास मोरंगको सलकपुरबाट इटहरी स्थित बुढिगंगा मुक्तिघाटमा गरिने सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । सिईओ वस्ती संघको वरिष्ठ सल्लाहकार समेत हुन् । वस्

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 1,203 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

     वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकसंगै नगरवासिहरुलाई राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्ने सिबिर सञ्चालन गरेको हो । नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसंग समन्वय गरेर गएको असार १६ गतेदेखि शिबिर सञ्चालन ल्याए

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपचारको पर्खाइमा ओछ्यानमा थलिएका डल्लु सार्की

    झापा/ उपचारको पर्खाइमा विछ्यौनामा पल्टिरहेका छन्, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ निवासी डल्लु सार्की । ट्र्याक्टरमा काम गर्ने गरेका उनको करिब डेढ दशकअघि धानमा थ्रेसर लगाउने क्रममा दाहिने खुट्टा गुमेको थियो  । त्यसपछि एकै खुट्टाको सहाराले कष्टकर जीवन बिताइरहेको उनलाई अहिले अर्को बज्रपात परेको छ । उनको अहिले दुवै मिर्गौला फेल भएका छन्  । जसका लागि नियमित डायलसिस गर्नुपर्ने बाध्यता छ । उनलाई झापाको मेची अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । तर उनको आर्थिक अवस्था नाजुक भएपछि उनलाई घरमै लगिएको छ । उनी र उनका परिवारले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् ।

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 285 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राणाकालीन भद्रपुरको नाका,व्यापार शून्य

    झापा/ विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो । मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ । नेपालले भन्सारको स्तरो

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 246 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम गोल्डकपको तयारी सुरु

    इलाम/  पूर्वी पहाडी जिल्लाकै उच्च धनराशिको इलाम गोल्डकपको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता मङ्सिर २२ गते देखी २९ गतेसम्म हुने भएको हो । आयोजक रेड हर्ष इलामले प्रतियोगिताबारे सदरमुकाममा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतियोगिता इलामको ठुलो टुँडिखेलमा सञ्चालन हुने छ । प्रतियोगितामा जम्मा आठ वटा टिमको सहभागिता रहने छ । प्रथम हुने टिमलाई नगद दश लाख सहित मेडल र प्रमाण पत्र वितरण गरिने फुटबल क्लबका सदस्य तथा टिम व्यवस्थापक निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दोस्रो हुने टिमले नगद पाँच लाख सहित मेडल र प्रमाण पाउने जनाइएको छ । पहिलो संस्करण भन्दा दोस्

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

    इटहरी/ बुधबार इहटरीमा पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम गरिएको छ । बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए । ‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साहसिक १३ प्रहरी पुरस्कृत

    सोलुखुम्बु/ सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई वुधबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकीयस्थल मझुवागढी कुरुप

    खोटाङ/ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बा

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved