अमरवस्ती सेतोपुलका बाढिपीडितको गुनासो:धरानका मेयरले सहयोग गरेनन् स्थानीयवासी आफैं जुटे वस्ती जोगाउन, सांसद र नेताहरूको ध्यानाकर्षण

  • असार १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको असरबाट धरान १३ स्थित अमर वस्ती सेतोपुल आसपासका वासिन्दाहरुको जनजीवन कष्टकर बनेपछि सवन्धित निकायले वस्ती जोगाउन पटक पटक माग गरे पनि सुनुवाई नभएपछि एक महिना अघिदेखि त्यहाँका बाढी प्रभावित वासिन्दा जन सहभागितामा वस्ती जोगाउन लागि परेका छन् ।

बाढीले घर परिवार विस्थापित हुने अवस्था रहेपछि त्यहाँका स्थानीयवासिन्दाहरुले नियमित रुपमा विहान ७ बजेदेखि ११ बजे सम्म र दिउँसो १ बजेदेखि साँझ ५ वजे सम्म जनसहभागिता मार्फत काम गरिरहेको अमरमार्ग सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष सुवास राईले बताए ।

उनका अनुसार गत बर्ष असोज १३ गते आएको बाढीले ८५ घरपरिवार खोलाको जोखिममा परेका छन भने १४ घर परिवार विस्थापित हुने अवस्था रहेको बताइएको छ ।

झण्डै १६५ मीटर स्थानीय खहरे खोलामा आएको बाढीले वस्ती कटान गरेको छ। यसपाली जेठ पहिलो साता आएको बाढीले। पनि उक्त वस्तीमा बाढी पसेर असर गरेको छ ।

बाढी नियन्त्रण गर्नको लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई पटक पटक माग गरे पनि वेवास्ता गरेको उपभोक्ता समितीले आरोप लगाएको छ ।

वस्ती नै जोखिममा परेपछि मेयरसापलाई समस्या लिएर धेरै पटक गईयो , बल्ल तल्ल धरान १३ को झोलुङे पुल छेउबाट ढुंगा निकाल्नको लागि सिफारिस दिइयो तर उक्त स्थानमा एउटा पनि ढुंगा नभएको निर्माण उपभोक्ता समिति अध्यक्ष राईले गुनासो गरे ।

आज (मंगलबार)बस्ती जोगाउनको लागि यस क्षेत्रका सांसदहरुलाई त्यहाँका स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।

पुर्व संघीय सांसद जय कुमार राई,बर्तमान कोशी प्रदेश सांसद रमेश कुमार वस्नेत र विजय कुमार राई, धरान वडा नम्बर १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले , नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङ लगायतलाई बाढी प्रभावित वासिन्दाले वस्ती जोगाउनको लागि माग गरेका छन् ।

स्थानीयवासीले दुई स्थानमा पुल निर्माण गरेर खोला नियन्त्रण गर्नको लागि  सहयोग माग गरेका छन् ।

प्रस्तुत छ, कोशीपत्रले स्थलगत गरेको भिडियो रिपोर्ट :

तस्बिरहरु:

3 1 5 4 1 1 2 2 1 6

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved