बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ । आईतवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चतराधाम स्थित श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयको प्राङ्गनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि भएको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । प्रतियोगितामा कोशी माध्यमिक ब
झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित मेची खोलाको बाटो हुँदै भारतबाट नेपालतर्फ गैरकानुनी रूपमा प्रवेश गरिरहेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो। बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मनोहरपुर–३६३० निवासी सैफुल इस्लाम वैध राहदानी बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभि
धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु। यस कलेजबाट अध्ययन गरेका वद्यिार
धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस
धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्वबारे प्रत्यक्ष अध्ययन गराइएको थियो। कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए। उनले भ्रमणपछि विद्यार्थीहरूले अ
धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्दै युवा फुटबल खेलाडीहरूको मनोबल बढाएको छ। एकेडेमीको सभाहलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी खेलाडीहरूलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो। एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सुनसरी जिल्ला फुटबल संघका अध्यक
इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलको सभाहलमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको आर्ट एन्ड लिटरेचर क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बालश्रमविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ कविता, कथा, निबन्ध तथा प्रेरणादायी भनाइहरू प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले सिर्जनात्मक प्रस्तुतीमार्फत बालअधिकारको संरक्षण र बालश्रम अन्त्यको आवश्यकताबारे सन्देश दिएका थिए। कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष दृष्टि सिग्देलले गरेकी थिइन् भने श्रेजा गौतम र मिनाक्षी अधिकारीले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्र
धरान/ सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकरलाल चौधरीको विषयमा सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आएको समाचारप्रति नगरपालिकाको नगरप्रमुख सचिवालयले गंभीर ध्यानआकर्षण भएको जनाएको छ । सचिवालयले विज्ञप्ती जारी गरेर मेयर चौधरीले ब्यक्तिगत प्रायोजनको लागि रामधुनीनगरपालकाको रकम होटल खर्च तथा भ्रमण खर्च लगायतको खर्चहरु नगरपालिकाबाट भुत्तानप् गराई अनियमितता गरेको समाचार प्रति आपत्ती जनाउँदै गंभीर ध्यानाकर्षण भएको जनाएको हो । नगर प्रमुखको सचिवालयका परशु लुईटेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“समाचार तथा सामाजिक सञ्जालमा उल्लेख भएका खर्चहरु नगर प्रमुखको निजी खर्चमा नभई नगरपालिकाको तथा न
बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका बेलबारी नगर समितिका सचिव सन्तोष तामाङले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्वको एकल निर्णय शैलीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी त्याग्न बाध्य भएको बताएका छन्। कोशीपत्रसँगको कुराकानीमा तामाङले पार्टीभित्र सामूहिक छलफल र निर्णय प्रक्रियाभन्दा नेतृत्वको एकल निर्णय हाबी हुँदै गएको आरोप लगाए। “पार्टी नेतृत्वको एकल निर्णयका कारण मैले सचिव पदबाट राजीनामा दिन बाध्य भएको हुँ,” उनले भने। सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै तामाङले आजको मितिदेखि श्रम संस्कृति पार्टी बेलबारी नगर समितिको सचिव पदबाट अलग भएको जानकारी दि
धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घकालीन समाधानको खोजी गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले शैक्षिक सुधार तथा सार्वजनिक लेखा सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। धरानस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिक लेखा समिति सदस्य तथा संघीय सांसद प्रेमलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा शिक्षा, सार्वजनिक लेखा तथा कार्यसम्पादन व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूले आफ्ना समस्या, अनुभव र सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले उठाएका विषयहरूलाई नीतिगत तहमा सम्बोधन गर्दै दीर्