मोरङमा जबरजस्ती करणी आरोपमा महिला सहित तीन जना पक्राउ

  • साउन १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ।

मोरङको लेटाङस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ३८ वर्षीय डम्बर खतिवडा, विराटनगर महानगरपालिका–५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगर रहेका छन्।

प्रहरीले खतिवडामाथि जबरजस्ती करणी गरेको तथा लिम्बू र आले मगरमाथि घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ।

प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङ नगरपालिका–१ स्थित हाम्रो होटलको कोठामा लिम्बू र आले मगरले युवतीलाई ललाइफकाइ खतिवडासँग भेट गराएका थिए।

त्यसपछि ‘स्ट्रिम’ नामक पेय पदार्थमा रक्सी मिसाएर पिउन दिएको तथा तीनै जनाले ज्यान मार्ने धम्की दिएपछि खतिवडाले युवतीमाथि जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि पीडित युवतीले साउन १८ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएकी थिइन्। जाहेरी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनाविरुद्ध जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 1785846791343

डिपो बास्केटबलको उपा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

धरानमा १ हजार ८ सय ल ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ ...

पुरा होला त जनयुद्धक ...

धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा च ...

उपचारकै क्रममा निभ्य ...

धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved