डिपो बास्केटबलको उपाधि प्रभातलाई

  • साउन १९, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले उचालेको छ ।

प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गर्यो । 

प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो ।

उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए । 

समग्र खेलको आधारमा उदयमान खेलाडी पाराडाइजका सक्षम तामाङ, महत्वपूर्ण खेलाडी प्रभातका शुसान्त उराव र बढी अङ्क ल्याउने हिमालयन मेघा एकाडेमी धरानका सङ्गम ठाकुर घोषित भएका थिए ।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो ।

 संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।

मोरङमा जबरजस्ती कर ...

धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित ...

धरानमा १ हजार ८ सय ल ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ ...

पुरा होला त जनयुद्धक ...

धरान/ फेरि दसौ पटक कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा च ...

उपचारकै क्रममा निभ्य ...

धरान/  सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved