सुनकोशी घटनामा यातायात मजदुर व्यवहासायीको ध्यानाकर्षण

  • साउन २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

 
काठमाडौं/ सिन्धुली जिल्लाको फिकलमा बसको ठक्करबाट सडकमा रोकिराखेको कार सहित तीनजना सुनकोशी नदीमा बेपत्ता भएको घटनाप्रति यातायात क्षेत्रका व्यवसायी तथा श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी रहेको सार्वजनिक यातायात सुधारका लागि संयुक्त समन्वय समितिको बुधबार बसेको बैठकले घटनामा बेपत्ता भएका व्यक्तिको सकुशल खोजी तथा आवश्यक उद्धारमा उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरेको छ ।
 
बैठकले बेपत्ता व्यक्तिका परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दै यस कठिन घडीमा धैर्य र संयमता अपनाउन आग्रह गरेको छ । साथै, खोजी तथा उद्धार कार्यमा संलग्न सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न सरकारलाई अनुरोध गरेको छ ।
 
यो घटना दुःखद् सडक दुर्घटना भएकाले यातायात व्यवसायी तथा मजदुरहरुलाई प्रशासनिक र जनदवावका माध्यमबाट आतंकित नगर्न समेत आग्रह गरिएको छ । 
त्यसैगरी, देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक सञ्जालमा व्यापक क्षति पुर्‍याई धेरै स्थानमा यातायात आवागमन अवरुद्ध भएको अवस्थाप्रति पनि बैठकले गम्भीर चासो व्यक्त गरेको छ ।
 
सडक अवरोधका कारण सार्वजनिक यातायात सेवा प्रभावित हुनुका साथै हजारौँ यातायात मजदुर, व्यवसायी तथा यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेको छ ।
 
संयुक्त समन्वय समितिले सडक पुनःसञ्चालन, जोखिमयुक्त सडकको तत्काल मर्मत, यात्रुको सुरक्षा तथा प्रभावित यातायात मजदुर र व्यवसायीको संरक्षणका लागि सरकारले आवश्यक स्रोत–साधन परिचालन गर्न माग गरेको छ ।
 
बैठकले सम्पूर्ण यातायात व्यवसायी, चालक, सहचालक तथा श्रमिकहरूलाई मौसम र सडकको अवस्थाबारे सम्बन्धित निकायको सूचना पालना गर्दै अत्यधिक सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न आग्रह गरेको छ । साथै, यात्रुहरूलाई पनि अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षा निकायको निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
 
संयुक्त समन्वय समितिले विपद्को यस कठिन परिस्थितिमा सबै पक्षलाई संयमता, पारस्परिक सहयोग र मानवीय संवेदनशीलताका साथ अघि बढ्न आह्वान गर्दै बेपत्ता व्यक्तिको शीघ्र सकुशल उद्धार तथा देशभरको यातायात सेवा सुरक्षित र सहज रूपमा पुनःसञ्चालन हुने विश्वास व्यक्त गरेको छ ।

बाँझो जमिनमा केरा खे ...

मोरङ/ उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय ...

मोरङमा जबरजस्ती कर ...

धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित ...

डिपो बास्केटबलको उपा ...

धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन् ...

धरानमा १ हजार ८ सय ल ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–११ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved