सुनसरीको कारागारबाट फरार एक कैदी पक्राउ

  • साउन २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘जेनजी आन्दोलन’ का क्रममा कारागारबाट भागेका तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै झुम्का कारागारबाट फरार भएका थिए ।

कारागारबाट भागेपछि उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वको टोलीले बिहीबार बिहानका राति २ बजेतिर उनलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइने प्रहरीले जनाएको छ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved