इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । ०७९ सालको निर्वाचनमा खड्का
इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।
इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। अहिले माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को गणना सकिएको छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अहिलेसम्म ११ हजार ९ मतसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले ७२७५ मत ल्याएका छन्। सुहाङ कांग्रेसका खड्काभन्दा ३७३४ मतले अगाडि छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५८६९ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १५०९ मत ल्याएका छन्। अहिलेसम्म सदर मत २६४३९ छ। २०७९ को चुनावमा एमालेका सुवास नेम्वाङले इलाम २ मा जितेका थिए।
धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ। धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्छिन्। उनी भन्छिन्, ‘पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले होला भनेर कुर्दै बसेका छौँ।’ पानीको अभावमा भोगिरहेका विकास नेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउँछन्। उनी भन्छन्, ‘नुहाउन, लुगा
इलाम/ इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ। आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए। त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा
इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ । यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताए ‘प्रहरीको रिपोर्ट र मतदानस्थलका कर्मचारीले टिपाएको विवरणका आधारमा यो तथ्यांक आएको छ,’ उनले भने, ‘यो नै अहिलेसम्मको फाइनल तथ्यांक हो ।’ इलामका ७९ मत
काठमाण्डौं / १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ । बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ । उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर स
इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् । बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको &lsquo
ललितपुर / कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् । शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार रा
धरान/ परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने