राजनीति

    Showing 401-410 of 1,945 items.
  • ताप्लेजुङमा मंसिरदेखि हवाई सेवा बन्द

    ताप्लेजुङ/ ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दशैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् ।नेपाल वायु सेवा

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सारबाटै तस्करीको आशंका

    विराटनगर/ व्यापारीसँगको ‘सेटिङ’ एवं कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विराटनगर भन्सार कार्यालयबाटै तस्करी हुन थालेको आशंका छ ।जाँचपासका क्रममा भएका केही शंकास्पद गतिविधिले तस्करीलाई बढवा दिइरहेको प्रष्ट हुन्छ । भन्सारको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान कटाएर तस्करी भइरहेको हो । प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन । भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी चैत ५ गते स्ववियु निर्वाचन(निर्वाचन कार्यतालिका सहित)

    काठमाडौं ।आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय०ले निर्वाचनको लागि तयारी शुरु गरेको छ ।त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ’, उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रै उपेक्षामा परेको भन्दै आपत्ती,सर्वदलीय सम्यन्त्र गठन

    धरान ।उपमहानगरबासी भएर पनि उपेक्षामा परेको साविकको पाँचकन्या र विष्णुपादुमा रहेका ग्रामीण भेगको जनताको काम र सरोकारवाला निकायलाई ध्यानकर्षण गराएर अघि बढ्नको लागि धरान ६ पानवारीका राजनीतिक दलहरु एक ढिक्का भएका छन् । धरान उपमहानगरवासी भएर पनि उपेक्षामा परेको भन्दै त्यहाँ रहेका सवै दलहरु एक ढिक्का भएर अघि बढ्नको लागि राजनीतिक पार्टीको सर्वदलीय संयन्त्र शनिबार भएको सर्वदलीय भेलाद्धारा गठन भएको छ । उक्त भेलाले हाललाई पार्टीबाट दुई,दुई जना प्रतिनिधित्व गर्ने गरी सर्वदलीय सम्यन्त्र बनाउन तदर्थ समिती गठन गरेको बताइएको छ । नेपाली काँग्रेस ६ नम्बर वडा समितीको संयोजनमा उक्त भेला सम्पन्न भएको हो । पार्ट

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 682 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पालिका बजार विवादमा पर्यो, शिलान्यास भवन निर्माण रोक्न माग

    धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पालिका तरकारी बजार शिलन्यास गरेपछि विवादित हुन पुगेको छ । मेयर राईले धरान–१८ स्थित पालिका तरकारी बजारका लागि भवन शिलान्यास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ती जनाएको छ ।  विहीबार मेयर राई प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाबीच भनाभन भएको छ । रजिष्टार सङ्ग्रौलाले उक्त स्थान प्रतिष्ठानको रहेको भनेर रोक्नका आग्रह गरेपछि मेयर राईले भने् जनप्रतिनिधीसँग बोल्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्रीसँग कुरा गर्ने बताएका थिए । शिलान्यास स्थलमा नै उक्त विषयमा विवाद भएको हो । रजिष्टार संग्रौलाले उक्त

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 1,310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ शैयाको अस्पताल सात वर्ष बित्दा पनि अपूरो, जनतालाई सास्ती

    इलाम/ सरकारले २०७७ साल मंसिर १५ गते देशभरका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ दुई सय ५० भन्दा बढी भवनको शिलान्यास गर्‍यो। तर, सात वर्ष बितिसक्दा पनि इलामका सात स्थानीय तहका अस्पतालहरूको निर्माण कार्य अधुरै छ। इलामका सूर्योदय, देउमाई र माई नगरपालिका तथा चुलाचुली, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा १५ शैयाका अस्पताल निर्माण गरिने भनिएको थियो। तर, चुलाचुली र माई नगरपालिकामा मात्र भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ, बाँकी पाँच पालिकाका अस्पताल अझै अपूरो अवस्थामा छन्। स्थानीय सरकारले समयमा निर्माण सम्पन्न नगर्दा यी पालिकाका नागरिक अझै पनि गुणस्तरीय

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा हट्यो निषेधाज्ञा,सहमति यस्तो छ

    ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलका

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 1,355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा केबलकार विवाद चर्किंदै, प्रशासनद्वारा निषेधाज्ञा जारी

    ताप्लेजुङ/ ताप्लेजुङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजारदेखि काफ्लेपाटी र बलुडाँडासम्म निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गएराति सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने बताए। निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। सदरमुकाम फुङलिङको पूर्वतर्फ सल्लेरी, पश्चिममा घोडेचौर काफ्लेपाटी, उत्तरमा उकालीपानी, दक्षिणमा शेर्पाटोलसहित भेटनरी कञ्चनजंघा टोल क्षेत्र निषेधाज्ञाको दायरामा छन्। यस्तै, काफ्लेपाटी

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतान्त्रिक किराँत लिम्वू संघमा इवारम

    धरान । शुक्रबार धरानमा लोकतान्त्रिक किराँत लिम्वू संघ कोशी प्रदेशको प्रथम अधिवेशन सुनसरीको धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका नरेश इवारम सर्व सम्मत चयन भएका छन् । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् नेपाल लोकतान्त्रिक जनजाती आदिवासी महासंघका केन्द्रिय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशन भएको हो ।उपाध्यक्ष द्धव सेर बहादुर खजुम र दिपेन्द्र लिम्बु–इलाम,सचिव कृष्ण मेन्याङ्बो,उपसचिव नकलमान लिम्बु,उपसचिव सुर्य पाङ्गेनहाङ र .कोषाध्यक्ष । निर्वाचित कमिटीलाई प्रमुख अतिथी पासाङ शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराए नेकपा एमाले लोकतान्त्रिक आदिवासी महा

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • 519 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केवलकार विवादः ताप्लेजुङमा आजदेखि अनिश्चितकालीन यातायात ठप्प

    ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार)देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् । घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • 859 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved