धरानमा पालिका बजार विवादमा पर्यो, शिलान्यास भवन निर्माण रोक्न माग

  • फागुन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पालिका तरकारी बजार शिलन्यास गरेपछि विवादित हुन पुगेको छ ।

मेयर राईले धरान–१८ स्थित पालिका तरकारी बजारका लागि भवन शिलान्यास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ती जनाएको छ । 

विहीबार मेयर राई प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाबीच भनाभन भएको छ ।

रजिष्टार सङ्ग्रौलाले उक्त स्थान प्रतिष्ठानको रहेको भनेर रोक्नका आग्रह गरेपछि मेयर राईले भने् जनप्रतिनिधीसँग बोल्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्रीसँग कुरा गर्ने बताएका थिए ।

शिलान्यास स्थलमा नै उक्त विषयमा विवाद भएको हो । रजिष्टार संग्रौलाले उक्त शिलन्यास गरिएको स्थान प्रतिष्ठानको क्षेत्राधिकार भित्र रहेको भनेर रोक्न आग्रह गर्न शिलन्यास स्थानमा नै गएका थिए ।  

धरानमा पालिका बजार नभएको भनेर मेयर भिजन कोष अन्तर्गतको बजेटबाट बिहीबार सो भवनको शिलान्यास गरेका हुन ।

प्रतिष्ठानले प्रतिष्ठानको क्षेत्राधिकार भित्र रहेको स्थानमा भवन निर्माण रोक्नु पर्ने आग्रह गरिएको छ । प्रा.डा. सङ्ग्रौलाले विज्ञप्ती मार्फत उक्त आग्रह गरेका छन् । 

प्रतिष्ठान, धरानलाई तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अस्पतालले चर्चेको जग्गा नेपाल सरकारको प.सं ०५०/५१, च.नं.३०५३ मार्फत मिति २०५०/०३/१६ को निर्णय बमोजिम कित्ता नं.१ देखि ११ सम्मको क्षेत्रफल २२ बिघा १ कठ्ठा ३ धुर जमिनको पूर्व तर्फ वडा नं.१९ को खोल्सी धारा लाइन, पश्चिम तर्फ वडा नं.१७ को देविथान टोल, खहरे खोल्सा र जंगल, उत्तर तर्फ वडा नं.१ को शिवमार्ग, कुम्फुटोल, वडा नं.१७ को बीच घोपा लाइन र दक्षिण तर्फ सार्वजनिक जंगल सिमाना तोकी उक्त जग्गा रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले मूल गेटबाट पूर्व तथा पश्चिम दक्षिण तर्फ बाउन्ड्रि वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन तथा ग्रिन वेल्टको क्षेत्रलाई छोडेर मात्र अस्पतालको बाउन्ड्रि वाल तयार गरिएको प्रष्ट पारेको छ ।

 यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनु पर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको सङ्ग्रौलाले विहीबार अपिल जारी गरि जनाएका छन् । 

विज्ञप्तीमा कुनै पनि विषयको अन्तिम निकास छलफल, सम्वाद र सहमतिबाटै निकाल्नु पर्दछ भन्ने मान्यता प्रतिष्ठानको रहेको भन्दै प्रतिष्ठानको ग्रिनबेल्ट क्षेत्रमा पालिका बजारको लागि भनेर शिलान्यास गरिएको स्थानमा भवन निर्माण गर्नको् लागि सहमति र संवादबाट मात्रै अघि बढ्न आग्रह गरिएको छ।

बिज्ञप्ति

Bijyapti_1

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved