ताप्लेजुङमा केबलकार विवाद चर्किंदै, प्रशासनद्वारा निषेधाज्ञा जारी

  • फागुन ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/ ताप्लेजुङमा निर्माणाधीन केबलकार परियोजनालाई लिएर उत्पन्न विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फुङलिङ बजारदेखि काफ्लेपाटी र बलुडाँडासम्म निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गएराति सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने बताए।

निषेधाज्ञाअनुसार पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।

सदरमुकाम फुङलिङको पूर्वतर्फ सल्लेरी, पश्चिममा घोडेचौर काफ्लेपाटी, उत्तरमा उकालीपानी, दक्षिणमा शेर्पाटोलसहित भेटनरी कञ्चनजंघा टोल क्षेत्र निषेधाज्ञाको दायरामा छन्।

यस्तै, काफ्लेपाटी क्षेत्रमा पर्यटन प्रहरी कार्यालय वरपरको एक सय मिटर, डढेले इलाका, केबलकार शव स्टेशन, पानीको मुहान इलाका र नयाँ बसपार्क क्षेत्रलाई समेत निषेधित क्षेत्र तोकिएको छ।

शनिबार बेलुका फुङलिङ बजारमा प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडप भएको थियो।

आन्दोलनकारीतर्फ तीन जना गम्भीर घाइते भएर धरानको घोपा अस्पताल पठाइएका छन् भने नौ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। यस्तै, प्रहरीतर्फ पनि ११ जना घाइते भएको प्रशासनले जनाएको छ।

पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको समूह काफ्लेपाटी क्षेत्रबाट पदयात्रा र गाडीमार्फत सदरमुकाम प्रवेश गरेको थियो।

उनीहरूले नारा जुलुस तथा राँके जुलुस प्रदर्शन गरे। झडपका क्रममा प्रहरीले धरपकड गर्दा आन्दोलनकारीतर्फ ठूलो संख्यामा घाइते भएका छन् भने १५ जनालाई पक्राउ गरिएको छ।

स्थिति तनावपूर्ण भइरहेकाले थप सुरक्षाका उपाय अपनाइएको प्रशासनले जनाएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved