ताप्लेजुङमा हट्यो निषेधाज्ञा,सहमति यस्तो छ

  • फागुन १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ।
जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो ।

tap

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो ।

‘नो केबलकार’ पक्षधरले आन्दोलन तीब्र बनाएपछि ताप्लेजुङ प्रशासनले गत आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ क्षेत्रमा निषेधाज्ञा लागु गरेको थियो ।
‘नो केबलकार’ समूहको चार शर्त
‘नो केबलकार समूह’ ले सरकारसँगको वार्ताका लागि चार शर्त अघि सारेको छ । फेरि पनि वार्ताका लागि मन्त्रिस्तरीय वार्ता समिति बनाउनु पर्ने प्रस्ताव गरिएको छ ।१३ वटा संस्था र नौवटा राजनीतिक दलले निकालेको विज्ञप्तिको पहिलो बुँदामा मन्त्रिस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई परिणाममुखी वार्ताका लागि आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने उल्लेख छ ।

दोस्रो बुँदामा आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायतका स्थानबाट पक्राउ गरिएकालाई निसर्त रिहाई र कफ्र्यु हट्नु पर्ने प्रस्ताव गरिएको छ ।तेस्रो बुँदामा केबलकार निर्माणकार्य बन्दगरी निर्माणस्थलबाट सबै निर्माण सामग्री ठेकेदार, कामदार, मजदुर फिर्ता गर्नुपर्ने माग छ ।

चौंथो बुँदामा मुक्कुम्लुङ क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने शर्त राखिएको छ ।दिगो, स्थायी शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि यी सर्त पूरा हुनुपर्ने उल्लेख छ । वार्ता र संवादको माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्नेमा आफूहरु सकारात्मक र जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

००००००

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved