इटहरी/ नेकपा माओवादी केन्द्रबाट रातारात नेकपा एमालेमा गई इटहरी वडा नम्बर १७ मा निर्वाचित भएका वडाध्यक्ष प्रभातकुमार आर्चायले अनधिकृत रूपमा सम्मानित उच्च अदालतको निर्णय आदेश विपरीत कानुनको धज्जी उडाउने काम गरेका छन् । वडाध्यक्ष आचार्यले उच्च अदालत विराटनगर आदेशको अवहेलना समेत गरेका छन् । उच्च अदालत विराटनगरले वडा नम्बर १७ मै रहेको पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झालाई कानुन अनुसार विद्यालयको काम गर्न दिनका लागि २०८१ फागुन २१ गते पकली माविका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उच्चको तत्कालीन आदेशपछि केही महिना झाले व्यवस्थापन समितिको
ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ। जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका बेला तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको हो। करिब ५ देखि ७ जनाको समूहले ढुंगा–लाठीसहित आक्रमण गर्दा सेन्दाङ गम्भीर घाइते भएका छन्। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी क
विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ । पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो । तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो । भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदि
सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो। प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्क
धरान/ एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका बजेट संकटमा परेको छ। नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने व्यवस्था भए पनि यसपटक सो पालना नभएपछि विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार रोकिएका छन्। गत वैशाख ३० गते उपप्रमुख बेघाको नेतृत्वमा सम्पन्न राजस्व परामर्श समितिले करिब रु. १ अर्ब ६० करोड १५ ला
धरान/ भूमि विधेयकलाई राष्ट्रिय सभाबाट पारित गराउन सरकार सर्वोच्च अदालतमार्फत गौर हत्याकाण्ड मुद्दा ब्युँताएको आरोप लगाउँदै जसपा नेपालले बुधबार धरानमा विरोध कार्यक्रम गरेको छ। अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपाले भानुचोकमा विरोधसभा आयोजना गरेको थियो। कार्यक्रममा सम्बोधन गर्दै जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बुले सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै आक्रोश पोखे। सर्वोच्च अदालतले करिब १९ वर्ष पुरानो गौर हत्याकाण्ड छानबिन गर्न परमादेश जारी गरेपछि राजनीतिक वृत्त ततिएको छ। २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा माओवादी र मधेशी जनाधिकार फोरमबीचको झडपमा २७ जनाको विभत्स
धरान/ धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका
धरान/ धरान–१३ स्थित भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय (पीपीओ) को प्राङ्गणमा मंगलबार साँझ भारतको चर्चित शास्त्रीय नृत्य ‘कथाकली’ प्रस्तुत गरिएको छ। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास काठमाडौंको आयोजनामा भएको कार्यक्रममा दुवै देशका राष्ट्रिय गानपछि विशेष अतिथि कोशी प्रदेश सभा सदस्य विजयकुमार राई र रमेशकुमार बस्नेतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए। भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक अधिकारी मेजर शम्मि सुवर्णले स्वागत मन्तव्य राख्दै कला, संस्कृति र अध्यात्म मानवतालाई जोड्ने पुल भएको उल्लेख गर्दै सहभागी अतिथिह
विराटनगर/ नेकपा एमालेभित्र शक्ति संघष बढ्दै गएको संकेत देखिन थालेको छ । सोमबार रातारात पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच विराटनगरको बिग होटलमा भेटवार्ता भएपछि एमालेको पार्टीभित्र शक्ति संघर्षको संकेत बढेको संकेत देखिएको हो । मुख्यमन्त्री कार्की आर्थिक मामिला मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित भण्डारीलाई भेट्न पुगेका थिए ।भेटमा करिब एक घण्टा मुख्यमन्त्री कार्की र भण्डारीबीच ‘वान टु वान’ छलफल भएको थि
विराटनगर/नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय र संगठित सदस्य भएको दाबी गरेकी छन् । तर, पार्टीले भने उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४५ वर्षदेखि आफू एमालेको संगठित सदस्य रहेको दाबी गरेकी हुन् । पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ । ‘म नेकपा (एमाले)को कार्यकर्ता हो । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हो । पार्टीले निर्णय गरेर पठाएको हो । र आज पनि म त्यहीँ छु,’ उनले भनिन् । पार्टी सदस्यत