एमालेभित्र शक्ति संघर्षको संकेत पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री बीच वन टु वन भेटवार्ता

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा एमालेभित्र शक्ति संघष बढ्दै गएको संकेत देखिन थालेको छ ।

सोमबार रातारात पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच विराटनगरको बिग होटलमा भेटवार्ता भएपछि एमालेको पार्टीभित्र शक्ति संघर्षको संकेत बढेको संकेत देखिएको हो ।

मुख्यमन्त्री कार्की आर्थिक मामिला मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित भण्डारीलाई भेट्न पुगेका थिए ।भेटमा करिब एक घण्टा मुख्यमन्त्री कार्की र भण्डारीबीच ‘वान टु वान’ छलफल भएको थियो ।

सो क्रममा भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको गुनासो पोखेको निकट स्रोतले जनाएको छ । हालै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्वले सदस्यता नवीकरण नगर्ने निर्णयसँगै उनको विषयमा छलफलसमेत नगर्न निर्देशन दिएको थियो ।

भण्डारीप्रति ओलीको असन्तुष्टि र त्यसैबीच प्रदेश सरकारको शीर्ष नेतृत्वले उनलाई भेट्न पुग्नु एमालेभित्र शक्ति संघर्ष बढ्दै गएको संकेतको रूपमा लिइएको छ । यसअघि ओलीले भण्डारीबारे कुनै छलफल नगर्न निर्देशन दिएका भए पनि सोमबारको भेटवार्ताले उक्त निर्देशनलाई चुनौती दिएको देखिएको छ ।

विद्या भण्डारी लामो समयसम्म ओलीकै निकट नेतृको रूपमा परिचित रहे पनि पछिल्लो समय उनीहरूबीच सम्बन्ध चिसिएको देखिन्छ ।
विश्लेषकहरूका अनुसार विराटनगरमा भएको भेट एमालेभित्र नयाँ समीकरणको संकेत हुन सक्छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved