ताप्लेजुङमा अज्ञात समूहको आक्रमण : वडाध्यक्ष सेन्दाङ गम्भीर घाइते

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ।

जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका बेला तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको हो। करिब ५ देखि ७ जनाको समूहले ढुंगा–लाठीसहित आक्रमण गर्दा सेन्दाङ गम्भीर घाइते भएका छन्।

टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको छ।

एमाले ताप्लेजुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल दोषी पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved