म एमालेकै संगठित सदस्य हुँ : पूर्वराष्ट्रपति भण्डारी

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय र संगठित सदस्य भएको दाबी गरेकी छन् ।

तर, पार्टीले भने उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४५ वर्षदेखि आफू एमालेको संगठित सदस्य रहेको दाबी गरेकी हुन् ।

पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको भनाइ छ ।

‘म नेकपा (एमाले)को कार्यकर्ता हो । हिजो पनि म एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हो । पार्टीले निर्णय गरेर पठाएको हो । र आज पनि म त्यहीँ छु,’ उनले भनिन् ।

पार्टी सदस्यताको विषयमा भने उनले कसैले खोस्दैमा आफ्नो सदस्यता नजाने बताइन् । ‘कुनै कुरामा कसैले विवाद उठायो होला,’ उनले भनिन्, ‘पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन ।

म केन्द्रमा छैन ।’नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताइन् । ‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो । भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उनले भनिन्, ‘देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा हो ।’

आफ्नो जन्मस्थान भोजपुर भएका कारण आफू माझकिरातको छोरी भएको दाबी गरेको उनले बताइन् । पूर्वराष्ट्रपति भण्डारीले वाम एकताको बलियो आधार नदेखेको बताइन् । ‘सम्भाव नै छैन भनेर मैले भन्न पनि मिलेन ।

तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिँन,’ उनले भनिन् । यसैवीच कोशी प्रदेशको राज्यमन्त्री पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि विराटनगर विमानस्थल पुगेका थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग असन्तुष्ट बनेकी राज्यमन्त्री सृजना राई सोमबार भण्डारीलाई स्वागत गर्न विमानस्थल पुगेकी हुन् ।नेकपा (एमाले) संस्थापन पक्षले विद्या भण्डारीको पक्षमा बहस तथा छलफल गर्न प्रतिबन्ध लगाएको छ ।

पार्टीले भण्डारीको पक्षमा बोल्नका लागि प्रतिबन्ध लगाएको अवस्थामा राई स्वागतका लागि विमानस्थल पुगेकी छन् ।

एमालेको सक्रिय राजनीतिमा फर्किसकेकी पूर्वराष्ट्रपति भण्डारीको स्वागतमा राज्यमन्त्री पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved