धरानमा  भारतीय शास्त्रीय ‘कथाकली’ नृत्यको मनमोहक प्रस्तुति

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१३ स्थित भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय (पीपीओ) को प्राङ्गणमा मंगलबार साँझ भारतको चर्चित शास्त्रीय नृत्य ‘कथाकली’ प्रस्तुत गरिएको छ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास काठमाडौंको आयोजनामा भएको कार्यक्रममा दुवै देशका राष्ट्रिय गानपछि विशेष अतिथि कोशी प्रदेश सभा सदस्य विजयकुमार राई र रमेशकुमार बस्नेतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

भारतीय राजदूतावास, पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक अधिकारी मेजर शम्मि सुवर्णले स्वागत मन्तव्य राख्दै कला, संस्कृति र अध्यात्म मानवतालाई जोड्ने पुल भएको उल्लेख गर्दै सहभागी अतिथिहरुलाई धन्यवाद व्यक्त गरे।

केरल राज्यबाट उद्गम भएको ३०० वर्ष पुरानो इतिहास बोकेको कथाकली नृत्य रंगीन पोशाक, आकर्षक अनुहार मेकअप, सांकेतिक हातका मुद्रा र लयबद्ध चालसहित प्रस्तुत गरिएको थियो। महाभारत, रामायणलगायतका महाकाव्यका कथाहरुलाई शब्द र भाषाभन्दा पर गएर दर्शकसमक्ष पु¥याउने गहिरो माध्यमका रूपमा यसलाई प्रस्तुत गरिएको थियो।

कार्यक्रममा श्री एन. रामनकट्टी र उनकी प्रतिभाशाली टोलीले प्रस्तुत गरेको मनमोहक कथाकली नृत्यलाई धरानका दर्शकले निकै रुचाएका थिए।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved