समाचार

    Showing 9,661-9,670 of 10,057 items.
  • प्रदेश १ सरकारको बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

    विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७ ७८ का लागि कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशसभा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामि वर्षको चालु खर्च तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार (४६.२९ प्रतिशत) र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार (५३ .७१ प्रतिशत) विनियोजन गरिएको बताएका छन् । यस्तै मन्त्री आङबोले वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको जनाएका छन् । राजस्व बाँडफाँडबाट१० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चा

    • प्रकाशित मितिः असार १, २०७७
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

    काठमाडौं /  पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये पुरुष ९३७ र १०४ जना महिला छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

    • प्रकाशित मितिः असार १, २०७७
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषिमा ३ अर्ब ८३ करोड

    विराटनगर । आगामि वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले कृषिक्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैया बजेट विनियोजन गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले कोरोना संक्रमणका कारण शिथिल भएको कृषि क्षेत्रलाई माथि उठाउन कृषि तथा पशुपालनमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताएका छन् । उनका अनुसार कृषि तथा पशुपालन तर्फको बजेटबाट अग्र्यानिक कृषिलाई प्रोत्साहन दिदै ९ करोड ८४ लाख बजेट विनियोजन गरिएको बताए । उनले धुलो दुध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि ६ करोड बजेट विनियोजन गरिएको बताए । त्यसै गरि कृषि उत्पादनमा वृद्धि कार्यक्रम, कृषि प्रोत्साहन लगायतका

    • प्रकाशित मितिः असार १, २०७७
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशका सबै स्थानीय तहलाई १ करोड ५० लाख

    विराटनगर । प्रदेश १ को आगाकि अर्थिक वर्ष २०७७ ७८ को बजेट बतmव्यको क्रममा अर्थिक मामिला मन्त्री ईन्द« आङ्बोले प्रदेशका सबै स्थानियतहलाई समान रुपमा अनुदान उपलब्ध गराउने बताएका छन् । प्रदेशसभामा सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीयतहहरुलाई समान रुपमा बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउन बजेट छुट्याएको बताएका हुन् ।  

    • प्रकाशित मितिः असार १, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड–१९ उपचार केन्द्र बिराटनगरलाई सरुवा रोग उपचार र अनुसन्धान केन्द्र बनाउन ५० करोड

    विराटनगर ।प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७ ७८को बजेट बयतmव्यको क्रममा क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिराटनगरमा रहेको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । मन्त्री आङ्बोले त्यस कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए । यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको

    • प्रकाशित मितिः असार १, २०७७
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फर्म दर्ता तथा नविकरण पुनः संचालन

    काठमाडौं ।लकडाउनको समयमा बन्द रहेको फर्म दर्ता तथा नविकरणको कामलाई सोमबार देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुनः संचालन गरेको छ । विभागले सोमबार देखि फर्मको दर्ता, नविकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाको लागि इमेल बाट काम शुरु गरेको हो । भागिको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ । साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए । उनका अनुसार व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्प

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,283 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १३ का रामकुमार जवेगुले गरे आत्महत्या

    धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको

    • प्रकाशित मितिः असार १, २०७७
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान फर्कने भारतीय नागरिकले कोरोना फैलाउने सक्ने भन्दै स्थानीय चिन्तित

    धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् । आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् । कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा

    • प्रकाशित मितिः असार १, २०७७
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलपत्र परेका नेपालीलाई फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै

    काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण मलेसियास्थित समस्यामा परेका नेपाली नेपाल फर्कन पाउने भएका छन् । अलपत्र परेका नेपालीलाई फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार यसअघि असार १ गते पहिलो उडान हुने जनाइएको थियो । दूतावासले मितिसँगै भाडादर र नेपाल फर्किने संख्या पनि अद्यावधिक गरेको हो । दूतावासका अनुसार तीन हजार १७५ जना नेपाल फर्कंदै छन् । दूतावासले एकतर्फी भाडादर १५९० मलेसियन रिंगिट वा नेपाली रुपैयाँ ४५ हजार १ सय रुपैयाँ तोकेको छ । नेपाल एयरलायन्सको टिकट काठमाडांैस्थित टिकट बिक्री शाखाबाट काट्न सकिनेछ भने मलेसिया र काठ

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बजेसम्म मात्र पसल खोल्न आग्रह

    आशिष भुजेल/  मोरङको उर्लाबारीमा अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय गर्न ब्यवसायीहरुलाई उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै हरेक दिन अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्म सोही समयसम्म पसल खुल्ला गर्न  उर्लाबारी नगरपालिकाको बैठकबाट निर्णय भएको खड्गीले जानकारी दिनुभयो । ब्यापार ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यमा पनि ध्यान दिन

    • प्रकाशित मितिः असार १, २०७७
    • 858 पटक पढिएको
    • "आशिष भुजेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved