काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण मलेसियास्थित समस्यामा परेका नेपाली नेपाल फर्कन पाउने भएका छन् । अलपत्र परेका नेपालीलाई फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै छन् ।
मलेसियास्थित नेपाली दूतावासका अनुसार यसअघि असार १ गते पहिलो उडान हुने जनाइएको थियो ।
दूतावासले मितिसँगै भाडादर र नेपाल फर्किने संख्या पनि अद्यावधिक गरेको हो । दूतावासका अनुसार तीन हजार १७५ जना नेपाल फर्कंदै छन् ।
दूतावासले एकतर्फी भाडादर १५९० मलेसियन रिंगिट वा नेपाली रुपैयाँ ४५ हजार १ सय रुपैयाँ तोकेको छ ।
नेपाल एयरलायन्सको टिकट काठमाडांैस्थित टिकट बिक्री शाखाबाट काट्न सकिनेछ भने मलेसिया र काठमाडौंमा रहेका नेपाल एयरलाइन्सको टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमार्फत् काट्न सकिन्छ ।
हिमालयन एयरलाइन्सको टिकट क्वालालम्पुरस्थित हिमालयनकै काउन्टर वा उपलब्ध इमेलमा सम्पर्क गरेर काट्न सकिन्छ ।
मलेसियामा समस्यामा परेका नेपाली असार २, ४, ६ र ७ गते फर्कन पाउने भएका छन् ।