धरान १३ का रामकुमार जवेगुले गरे आत्महत्या

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए ।

जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ ।

परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए ।

घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन ।

घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको नेतृत्वको टोलीले मुचुल्का उठाई शबलाई पोष्टमार्टमका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले रातीनै आत्महत्या गरेको हुन सक्ने देखाएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved