फाईल फोटो
विराटनगर ।प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७ ७८को बजेट बयतmव्यको क्रममा क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिराटनगरमा रहेको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बताएका छन् ।
मन्त्री आङ्बोले त्यस कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै ग्रामिण आमा स्वास्थ्य कार्यक्रमका लगि ५ करोड बजेट बिनियोजन गरिएको छ । त्यस्तै प्रदेशका जेष्ठ नागारिकहरुको लागि प्रदेश प्रमुख दन्त उपहार कार्यक्रमका लगि १ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।
यस्तै मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बक्तव्यका क्रममा उल्लेख छ ।