धरान । कोरोना जोखिम न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरभाडा छुट दिने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउनका कारण उद्योग धन्दा समेत ठप्प भएकाले व्यवसायीलाई समस्या परेको भन्दै धरानका घरधनीहरुले घरभाडामा छुट गरिदिएका थिए । सोमबार संघले एक कार्यक्रमको आयोजना गरि धरानका ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिन सम्म घरभाडा छुट दिने ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए । कार्यक्रममा घरधनीको तर्फबाट प्रभु प्रसाद श्रेष्ठले घरभाडा छुट दिए जस्तै नगरपालिकाले
धरान । लकडाउनका कारण प्रभावित बनेका धरानका शहिद परिवारलाई प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोख्रेलले खाद्यान्न सामग्री प्रदान गरेकि छिन् । सोमबार धरानका विभिन्न वडामा रहेका शहिद परिवारलाई भेट गर्दै उनीहरुलाई राहत वितरण गरेकी हुन् । पोख्रेल सहित प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराईली, नेकपाका प्रदेश सदस्य मुकेश मुक्साम्हाङ, धरान नगर इन्चार्ज चोत्लुङ, धरान नगर अध्यक्ष नारायण सुवेदी लगायतका नेताहरुले शहिद परिवार सँग भेट गरेका थिए । भेटका क्रममा शहिद परिवारले पार्टी एकिकरण टुट्न नदिन आग्रह गरेका थिए । त्यसै गरि शहिदको नाममा विकाश निर्माणको काम गर्न समेत सुझाव दिएको नेकपाका धरान नगर इन
विराटनगर, २२ असार । प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्च
धरान । कोरोना संक्रमणले थलिएको विश्वलाई नै जागरण गराउन गायक शिव लामिछानेले ‘हामी छौं, साथ छ, हातमा हात छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कोरोना प्रकोपबाट बच्न सबै नेपाली एक हुन आव्हान गरिएको म्युजिक भिडियो गायम लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेतीले भिडियो सम्पादन गरेका छन् । भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी, हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुलाई संलग्न गराइएको छ । महामारीको प्रकोपले देशको अर
विराटनगर । १ नम्बर प्रदेशका उद्योगी तथा व्यवसायीले बैंक ब्याजदरमा ५ प्रतिशत घटाएर ऋण प्रवाह गर्न सरकार समक्ष माग गरेका छन् । सरकारले ब्याजदरमा २ प्रतिशत घटाउने निर्णय गरेको छ तर व्यवसायीले भने उद्योग र व्यवसाय बचाउने त्यो पर्याप्त नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन । अहिले चल्तीमा रहेको बैंक ब्याजदरमा ५ प्रतिशत घटाउन भन्दै प्रदेश १ का उद्योग संगठन, व्यापार संघ तथा वस्तुगतसमेत ४२ वटा संघले सरकारको ध्यानाकर्षण गरेका हुन । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङको अगुवाईमा प्रदेशभरका व्यवसायिक संघले प्रधानमन्त्री केपी शर्मा ओली, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र नेपाल राष्ट्र बैंकक
धरान । धराने रंगमञ्चको इतिहासलाई दोहोर्याउन धरानमा निर्माणाधिन नाटकघरको प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेलले अवलोकन गर्दै प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सोमबार प्रदेश १ की प्रदेश सभा सदस्य उमिता बराईली, स्थानीय नेकपाका नेताहरु सहित नाटकघरको निर्माण कार्यको अवलोकन गर्न पुगेकि हुन् । उनले नाटकघर निर्माणलाई पुर्णता दिन प्रदेश सरकार सँग पनि पहल गर्ने बताईन् । उनले भनिन्, ‘सभामुख पनि धरानकै हुनुहुन्छ, उपसभामुख पनि सुनसरी, माननियहरु पनि हुनुहुन्छ, सबै मिलेर मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउने छौं ।’ धरानलाई सांस्कृतिक शहरको रुपमा विकाश गर्न प्रदेश
विराटनगर । यो वर्षको रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार पत्रकार मीनकुमार नवोदित श्रेष्ठले प्राप्त गरेका छन् ।नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गरेका हुन् । पुरस्कारको राशि १५ हजार रुपैयाँ र प्रशंसापत्र छ ।पुरस्कार वितरण समारोहमा पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कार काम गर्न प्रेरणा मिल्ने बताए । उनले पुरस्कारको राशि बढाउन पहल गरिने बताए । कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताए । भने, ‘‘सबैतिर स
आज थप १८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६८११ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । &nb
मोरङ । सर्पदेखि नडराउने को होला रु कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । प्रेम विष्ट सर्पलाई प्रेम गर्छन् । प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउछन् । उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताए । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन् । सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर
विराटनगर । प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझ पूर्ण निर्णय गर्न र टुटफुटमा नजान नेतृत्वलाई आग्रह गरेका छन । नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीको तर्फबाट आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ । त्यस अवसरमा सहभागी जिल्लास्थित नेता तथा केन्द्रीय सदस्यले पार्टीको अभूतपूर्व एकतामा खलल ल्याउने काम किमार्थ ठिक नहुनेमा जोड दिए । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गर्दै भने,“पार्टी एकताकै बलमा सरकार बनाउने जनादेश प्राप्त भएको हो । पार्ट