मान्छे डस्ने सर्पसँग रमाउदैं प्रेम (भिडियो सहित ) "टोक्न फुलिएको सर्पलाई यसरी च्याप्पै समात्छन् प्रेम, जादु टुना केहि हैन,सबै चकित"

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । सर्पदेखि नडराउने को होला रु कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । प्रेम विष्ट सर्पलाई प्रेम गर्छन् ।

प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउछन् । उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताए । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन् ।


सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर्पको विषबाटै तयार हुने औषधि भएकाले एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउन सक्ने औषधि निकाल्न सकिने उनको भनाइ छ । उनले भने, “यसकारण सर्पलाई मार्नु हुँदैन ।” मुलुकभित्रै एन्टी–स्नेक भेनम उत्पादन गर्ने कारखाना बनाइनुपर्ने विष्टको भनाइ छ ।

सर्पको महत्व देखेकैले उनी सर्प संरक्षणमा जोडतोडले लागेका हुन् । दुईपटक सर्प डसाइमा पर्दा पनि उनलाई सर्पकै माया छ । “सर्पदंशको औषधि एन्टी–स्नेक भेनम नेपालमा पाइँदैन, विदेशबाटै आयात गर्नुपर्छ”, उनले भने , “नेपालमा विषालु सर्प धेरै छन् यसको औषधि उत्पादन नेपालमै हुनुपर्ने हो, तर छैन ।”

डेढ वर्षअघि नागपञ्चमीको पूर्वसन्ध्यामा प्रेम बिष्टलाई विषालु सर्पले डस्यो । सर्पको डसाइबाट उनी आत्तिएनन् । सामान्य अवस्थामा रहेझै बोलिरहे । सर्पदंशबाट मर्छु भन्ने सोच उनमा आएन । सिन्धुली जिल्लाको दुधौली गाविसको जितपुरमा उनलाइ सर्पले डसेको थियो । एम्बुलेन्समा लामो दूरी पार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका बिष्ट बाँचे । यो समेत दुईपटक सर्पको डसाइ सामना गरेका उनको साहस देखेर उपचारमा संलग्न चिकित्सकहरुसमेत अचम्भित भए ।

यसर्थ कि सर्पले टोक्दा नआत्तिनु र रक्तसञ्चार पनि सामान्यै अवस्थामा रहनु विरलै हुने घटना मध्येको एक थियो । सर्पले टोकेपछि आत्तिएरै पनि धेरै मानिस मर्ने गरेको चिकित्सकहरु बताउछन् ।

प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उनको दैनिकी सर्प समात्ने र यसको बारेमा आम नागरिकलाई जानकारी दिनमै बित्थ्यो । हाल विराटनगर–१६ का बासिन्दा उनलाई अहिले पनि धेरैतिरबाट सर्प फेला परेको भन्दै समात्नका लागि फोन आउने गरेको छ ।

sarpa copy

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved