नेकपा प्रदेश १ का १४ जिल्ला कमिटीको मागः पार्टीको टुफुट मान्य छैन

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझ पूर्ण निर्णय गर्न र टुटफुटमा नजान नेतृत्वलाई आग्रह गरेका छन ।

नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीको तर्फबाट आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ । त्यस अवसरमा सहभागी जिल्लास्थित नेता तथा केन्द्रीय सदस्यले पार्टीको अभूतपूर्व एकतामा खलल ल्याउने काम किमार्थ ठिक नहुनेमा जोड दिए ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गर्दै भने,“पार्टी एकताकै बलमा सरकार बनाउने जनादेश प्राप्त भएको हो । पार्टी विभाजनमा जाँदा जनताले दिएको अभिमतको पनि अवमूल्यन हुनेछ ।”

नेकपा केन्द्रीय सदस्य गुरु बरालले सरकार संचालनमा समस्या भए छलफलबाट टुंग्याउन माग गर्दै भने,“पार्टी एकतामा देखिएको उत्साहलाई सम्झना गर्दै पनि अहिलेको परिस्थितिबाट नेकपा माथि उठ्नु पर्छ ।” उनले पार्टी विभाजनतर्फ जान नहुनेमा जोड दिए ।

१४ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकता कमजोर नपार्न माग गरे । पत्रकार सम्मेलनमा प्रदेशका सांसद समेत उपस्थित थिए ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved