लकडाउनमा घरभाडा छुटदिने घरधनीलाई सम्मान

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना  जोखिम न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरभाडा छुट दिने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।

गत चैत्र ११ गते देखि शुरु भएको लकडाउनका कारण उद्योग धन्दा समेत ठप्प भएकाले व्यवसायीलाई समस्या परेको भन्दै धरानका घरधनीहरुले घरभाडामा छुट गरिदिएका थिए ।

सोमबार संघले एक कार्यक्रमको आयोजना गरि धरानका ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिन सम्म घरभाडा छुट दिने ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए । कार्यक्रममा घरधनीको तर्फबाट प्रभु प्रसाद श्रेष्ठले घरभाडा छुट दिए जस्तै नगरपालिकाले पनि घरबहाल कर छुट गरिदिनु पर्ने धरान उपमहानगरपालिकालाई आग्रह गरेका थिए ।

संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कुनै पनि निकायले घरभाडा छुटका लागि दबाब दिनु भन्दा स्वघोषित रुपमा यसरी घरधनी र भाडावाला दुवै पक्षको सहमतिमा दिईएको छुटले वादविवाद नहुने बताए । घरधनीले घरबहाल कर पनि स्वघोषित रुपमा घोषणा गरि आफ्नो आयलाई वैधानिक बनाउन अनुरोध गरे ।

कार्यक्रममा संघका अध्यक्ष सापकोटाले लकडाउनको कारण पर्यटन, उद्योग, यातायात व्यवसायी र स्थानीय व्यवसायीहरु मारमा परेको र मनकारी घरधनीहरुले गरेको यो कार्यप्रति सम्पूर्ण व्यवसायीको तर्फबाट आभार प्रकट गरेका थिए ।
कार्यक्रममा घरभाडा छुट दिएका धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईकी श्रीमती रिना राई, सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, भूतपूर्व अध्यक्ष पवनकुमार अग्रवाल, कार्यसमितिका सदस्य अनिल ताम्राकार, धरान सरोकार समाज, काठमाण्डौंका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री मुकुल कायस्थ, मेन्याङ्गवो कल्याणकारी संघ, समाजसेवी पिङ्गला न्यौपाने लगायत ४१ जना रहेका थिए ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved