श्रेष्ठलाई रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । यो वर्षको रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कार पत्रकार मीनकुमार नवोदित श्रेष्ठले प्राप्त गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गरेका हुन् । पुरस्कारको राशि १५ हजार रुपैयाँ र प्रशंसापत्र छ ।
पुरस्कार वितरण समारोहमा पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कार काम गर्न प्रेरणा मिल्ने बताए । उनले पुरस्कारको राशि बढाउन पहल गरिने बताए ।

कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताए । भने, ‘‘सबैतिर समस्या नै समस्या छ । स्वास्थ्य र राजनीतिक अवस्था पनि सहज बन्न सकेको छैन ।’’

प्रमुख सचेतक केदार कार्कीले रमाप्रसाद रिजाल प्रजातान्त्रिक आन्दोलनका एक असल योद्धा भएको बताए । उनले पत्रकारको पेसा अहिले संकटमा परेको र यसलाई व्यवस्थित गर्न आवश्यक रहेकामा जोड दिए । भने,“पत्रकारहरु सरकारको स्थायी प्रतिपक्षी हुन् ।”पत्रकारिता पेसा स्वतन्त्र, निष्पक्ष र निर्भिक हुनुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार र पत्रकारिता क्षेत्रमा अहिले संकट आइपरेको बताए । उनले भने,“महानगरले पनि पत्रकारिता क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।” कोइरालाले लोकतन्त्रमा जसले जितायो उसलाई बिर्सने गरिन्छ भन्दै संघीय र प्रदेश सरकारले काम नै गर्न नसकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन प्रदेश संयोजक लीलावल्लव घिमिरे, युनियन मोरङका अध्यक्ष कुमार लुइँटेल, सल्लाहकार शंकर खरेल, महासंघ मोरङ उपाध्यक्ष कुमोद अधिकारी, युनियन जिल्ला उपाध्यक्ष विनोद सुवेदी र पुरस्कृत पत्रकार नवोदितले मन्तव्य राखेका थिए ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved