धरान । वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा रहेका धरानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । दिल्लीबाट आएकी धरान ३ की एक महिला र कतारबाट आएका धरान १९ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आए पछि उनीहरुलाई घर पठाइएको मेहताले बताए ।
इटहरी । नेकपाका युवा नेता राम प्रसाद रिजालले अब पनि पार्टि बिभाजन भए देश उल्टो दिशामा चल्ने बताएका छन । गृह जिल्ला सुनसरी आइपुगेका नेकपाका युवा नेता रिजालले इटहरीमा सञ्चारकर्मिहरू संग कुरा गर्दै अहिलेको वर्तमान अवस्थामा पार्टि बिभाजन हुन नहुने औल्याउदै केहि कारणवस पार्टी बिभाजन भइहाले मुलुकले नै हार्ने बताएका हुन । उनले पार्टी बिभाजन रोक्न पदको आहुति दिन नेताहरू तयार हुनुपर्ने समेत बताएका हुन । युवा नेता रिजालले फुट्न र विभाजन हुन् एमाले र माओवादी मिलेर नेकपा बनेको नभएकोले पार्टी एकता जोगाउन आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने उनले बताए । नेकपा बलियो नभई ठुलो
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ जुडितालमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १७ वर्षीया सिसम राईको तालमा डुबेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा राई डुबेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ । यता, सुनसरीको भोक्राहा नरसिंह ८ बाट लागुऔषधसहित स्थानीय २२ वर्षीय सुल्तसान अन्सारीलाई डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेटसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर । नेकपाकी अम्बिका थापाले सवारी चालक अनुमति पत्र उदयपुरबाटै दिने व्यवस्था गरिदिन प्रदेश १ सरकारको ध्यानाकर्षण गरेकी छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै थापाले भनिन्,“यातायात कार्यालय खोलेर केही व्यवस्था राम्रो पनि भएको छ । तर, जब सवारी अनुमती पत्र लिन २ नम्बर प्रदेशमा जानु पर्ने बाध्यता छ । प्रदेशलाई आउने राजश्वसमेत उतै गईरहेको छ ।” उनले उदयपुरमा जग्गा पनि हेरिएकोले ट्रयाल गर्ने ठाउँको व्यवस्था प्रदेश सरकारले गरिदिनु पर्ने माग गरिन । स्मार्ट लाइसेन्स संघीय सरकारले दिने गरेको र यसलाई प्रदेशमा पनि व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन । नेकपाका सांसद उत्तमकु
धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ । गीतको अडियो केहि समय अ
झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको
धरान । लकडाउनको समयमा पनि विकाश निर्माण कामले तिब्रता पाइरहँदा धरान १५ स्थित खोरिया बस्ती पुर्व सेउती खोलामा बन्दै गरेको पुल भने अलपत्र बनेको छ । ठेकेदार कम्पनी लकडाउनको बहाना देखाएर पुलको कामलाई बिचमै अलपत्र पारेर हराएका छन् । धरान ५ मा पर्ने अधेरी खोलामा ठेकेदार सम्पर्कविहिन हुँदा ३ बर्षअघि निर्माण शुरु भएको पुलको पिलर मात्र ठडिएका छन् । स्थानीयबासीहरु बर्षामा जोखिम मोलेर अधेरी खोला तर्न बाध्य छन् कि उनीहरु लामो बाटो तल्लो पानवारी हुदै यात्रा गर्न बाध्य छन् । पुल निर्माण समन्वय समितिका संयोजक पदम कार्कीका अनुसार इनरुवाका हजमुल मियाँले ठेक्का पाएर २०७४ सालदेखि निर्माण शुरु भएको हो । पहिलो सम
सुनसरी । वैदेशिक रोजगारीबाट फर्काउने कार्यमा खटिएका नेपाल वायुसेवा निगमका तिन चालक सहित १४ कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना उडान कर्मचारी र तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएको पाइलट तथा कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा विभिन्न गन्तव्यमा खटिएका पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण भएको निगम स्रोतले जानकारी दिएको छ ।होटल क्वारेन्टाइनमा बसेका लाई कोरोना संक्रमण पुष्टि भए पछि होटल नै सिल गरिएको छ ।
विराटनगर/ प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सीलको व्यवस्था गर्न सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदल आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्यन प्रतिवेदन बुझाउँदै कार्यदलले सो सुझाव दिएको हो । कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव दिएको छ । होमियोप्याथियक चिकित्सा पद्धतीको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवस्यकता कार्यदलले औल्याएको छ । प्रदेश १ मा ८० वटा होमियोप्याथि
धरान । कोरोना जोखिम न्युनिकरण गर्न सरकारले घोषणा गरेको लकडाउनको समयमा घरभाडा छुट दिने घरधनीहरुलाई सुनसरी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गत चैत्र ११ गते देखि शुरु भएको लकडाउनका कारण उद्योग धन्दा समेत ठप्प भएकाले व्यवसायीलाई समस्या परेको भन्दै धरानका घरधनीहरुले घरभाडामा छुट गरिदिएका थिए । सोमबार संघले एक कार्यक्रमको आयोजना गरि धरानका ४१ जना घरधनीहरुलाई सम्मान गरेको हो । लकडाउनको अवधिमा ४५ दिन भन्दा माथि ९० दिन सम्म घरभाडा छुट दिने ४१ जनालाई सम्मान गरिएको संघका कार्यसमिति सदस्य विष्णु बरालले बताए । कार्यक्रममा घरधनीको तर्फबाट प्रभु प्रसाद श्रेष्ठले घरभाडा छुट दिए जस्तै नगरपालिकाले