होमियो चिकित्सकहरुको दर्ता हुनुपर्यो

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ प्रदेश १ सरकारलाई होमियो चिकित्सकहरुको दर्ता हुने काउन्सीलको व्यवस्था गर्न सुझाव दिईएको छ ।

सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदल आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्यन प्रतिवेदन बुझाउँदै कार्यदलले सो सुझाव दिएको हो । कार्यदलले स्वास्थ्यमा मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव दिएको छ ।

होमियोप्याथियक चिकित्सा पद्धतीको छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवस्यकता कार्यदलले औल्याएको छ । प्रदेश १ मा ८० वटा होमियोप्याथिक सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोप्याथिक संस्थाहरुबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्यविवरण दिईएको थियो ।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

कार्यदलमा अल नेपाल होमियोप्याथिक एशोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोप्याथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र राय लगायत रहनु भएको थियो ।

 

 

 

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

धरानको इतिहास बोकेको ...

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कु ...

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved