गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • असार २३, २०७७
  • "सन्तोष रुचाल"
alt

 धनकुटा/ गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीको रचनामा हाम्रो धनकुटा, राम्रो धनकुटा बोलको गीत सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार तुलसी पराजुलीको सङ्गीत रहेको गीतमा धनकुटाका अग्रज गायकहरुले स्वर दिएका छन् । जसमा तुलसी पराजुली, शम्भु राई, कृष्णभक्त राई, श्रेयसी चेम्जोङ, विष्णु चेम्जोङ र सानु लिम्बुको स्वर रहेको गीतकार अधिकारीले जानकारी दिए । गीतमा धनकुटाका संस्कृति, कला, पर्यटन, कृषि, भेषभुषा, पहिचान लगायत सम्वृद्धिको उठान गरिएको उनले बताए । धनकुटाका गायकहरुले एउटै गीतमा यति धेरै जनाले स्वर दिएको यो नै पहिलो गीत रहेको सङ्गीतकार तथा गायक तुलसी पराजुलीको भनाई छ ।

गीतको अडियो केहि समय अघि तयार भएपनि भाव अनुसारको छायाँकन तथा सम्पादन कलाकार उमेशचन्द्र अधिकारीले यसै हप्ता तयार पारेका हुन् । छायाँकनपछि पहिलो पटक गीतलाई साहित्यकार झमक घिमिरेले मंगलबार औपचारिक सार्वजनिक गरेकी छिन् । घिमिरे निवासमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उनले भुगोल, भाषा, कला, संस्कृति र पहिचानको लागि गीतले समेटेको लिखित प्रतिक्रिया दिइन् ।

उक्त अवसरमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाई, सहसचिव गीता अधिकारी, हाम्रो बहुमुखी पाठशालाका अध्यक्ष सरोज भुजेल लगायतले शुभकामना दिएका थिए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved