उदयपुरबाट ड्राइभिङ लाइसेन्स दिन प्रदेश सरकारको ध्यानाकर्षण

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेकपाकी अम्बिका थापाले सवारी चालक अनुमति पत्र उदयपुरबाटै दिने व्यवस्था गरिदिन प्रदेश १ सरकारको ध्यानाकर्षण गरेकी छन् ।

प्रदेशसभाको आजको बैठकमा बोल्दै थापाले भनिन्,“यातायात कार्यालय खोलेर केही व्यवस्था राम्रो पनि भएको छ । तर, जब सवारी अनुमती पत्र लिन २ नम्बर प्रदेशमा जानु पर्ने बाध्यता छ । प्रदेशलाई आउने राजश्वसमेत उतै गईरहेको छ ।”

उनले उदयपुरमा जग्गा पनि हेरिएकोले ट्रयाल गर्ने ठाउँको व्यवस्था प्रदेश सरकारले गरिदिनु पर्ने माग गरिन । स्मार्ट लाइसेन्स संघीय सरकारले दिने गरेको र यसलाई प्रदेशमा पनि व्यवस्थित गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन ।

नेकपाका सांसद उत्तमकुमार बस्नेत संघले प्रदेशलाई बुझाउने सडक जर्बजस्ती बुझ्ने वा चुपचाप लिने प्रथाको अन्त्य गरिनु पर्ने माग गरे । भने,“आफूले बनाउने हो भने मात्र जिम्मा लिनुपर्छ । सडक प्रदेशलाई भार हुने देखिएको छ ।”

उनले सोलुखुम्बुबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट लिइएको सडक पूरा हुन नसकेको र प्रदेशलाई बुझाएको भनिए पनि काम नभएको बताए । “पाल्पामा यस्तै सडक पूरा भयो तर यता भएन,”सांसद बस्नेतले भने,“प्रदेशका कतिपय विमानस्थलहरु नखनी राखिएको छ । के भयो विमानस्थल थाहा छैन ।”

उनले मकालुवरुण राष्ट्रिय निकुन्ज सोलुखुम्बु र संखुवासभामा पर्ने तर बजेट जति सबै संखुवासभा जाने गरेको बताए । भने,“रोयल्टी भने सोलुले पाएन । जनताले दुःख पाए तर स्रोतसाधन प्रयोग गर्न पाएनन् ।”

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved