समाचार

    Showing 9,021-9,030 of 10,052 items.
  • गुणराज यादवको शव सुनसरी खोलामा फेला पर्यो

    सुनसरी । विहिबार देखि हराई रहेको सुनरीको नरसिंह ७ का २२ वर्षिय गुणराज यादवको शव पानीमा फालेको अवश्थामा फेला परेको छ । यादवको शव बिहान ८ बजे भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारका समस्या सम्बोधन गर्न प्रदेश १ का युनियन अध्यक्षहरुको ९ सुत्रीय माग

    विराटनगर । कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ ।युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो । युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानको ४४ औ सिनेट बैठकले गर्यो महत्वाकांक्षी निर्णय

     धरान । धरान स्थित बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको ४४ औ सिनेट बैठकले प्रतिष्ठानको स्तरोन्न्ती र बिकाश गर्न महत्वाकांक्षी प्रस्ताबहरु पारित गरेको छ । शुक्रबार काठमान्डौमा प्रतिष्ठानका सहकुलपती तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माण लगायतको विषयमा निर्णय गरेको छ । प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास गर्दै विश्वविद्यालय रुपमा थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल प

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपि प्रतिष्ठानबाट ३ जना डिस्चार्ज , ४ जना थपिए

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३  जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ४ जना  नया संक्रमित थपिएको   र हाल प्रतिष्ठानमा ९२ जना कोरोना संक्रमितको उपचार भइ रहेकोप्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय २५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।  हाल सम्म प्रतिष्ठानमा २३ सय ५६  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि,२ सय ४० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण ३० शुक्रबार / आज थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१   जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ९९  जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग वाणिज्य संघको आग्रह

    धनकुटा, ३० साउन ÷विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण धनकुटामा पनि फैलन सक्ने भएकाले स्थानीय प्रशासनले लगाएको लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले आज प्रेस विज्ञप्ति जारी गरी धनकुटामा पनि दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलदै गएकाले त्यसको नियन्त्रणको लागि धनकुटामा लगाइएको लकडाउनको पूर्ण पालना गर्न जिल्लावासी उद्योगी, व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गरेको छ । धनकुटामा पनि समदायस्तरमा कोरोना भाइरस फैलन सक्ने खतरा तिब्ररुपमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाबा

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,636 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ९५ जना संक्रमित थपिए

    विराटनगर, ३० साउन । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट विराटनगरमा मात्रै ६ जनाको मृत्यु, लक्षणसहितका संक्रमित थपिदै

    विराटनगर । कोरोनाका प्रदेश राजधानी विराटनगरमा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा संक्रमितको मृत्यु भएको । शुक्रबार कोशी अस्पतालमा विराटनगरका एक युवाको ज्यान गएको छ । ज्वरो आउने र श्वास प्रश्वासमा समस्या भएपछि आईसोलेसनमा भर्ना गरिएका युवाको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । यसअघि विराटनगर–९ का गुद्रीक्षेत्र दुई जना, वढा नम्बर ३, ५ र १० नम्बरका एक–एक जना छन् । मोरङको सुनवर्षी र रंगेलीमा पनि एक एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ । बिहीबार नै सिरहाका ४० वर्षीय पुरुषको पनि कोशी अस्पतालमा मृत्यु भएको आईसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवले ज

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शुक्रबार कोरोना देखिएका व्यक्ति प्राइम बैंकका सहायक मेनेजर रहेको खुल्यो

    धरान । शुक्रबार कोरोना पोजिटिभ देखिएका ब्यक्ती धरान स्थित प्राइम बैंकका कर्मचारी रहेको खुलेको छ । इटहरी ८ घर भएका उनले केही दिन अघि धरान उपमहानगरपालिकाले गरेको मास परिक्षणमा स्वाब संकलन गरेको थियो । बिहान उनको मोवाइल स्वीच अफ भएकोले पहिचान हुन सकेको थिएन । को हुन् ? भन्ने खुलेको थिएन । ३० बर्षीय उनि स्वास्थ्य टोलीको सम्पर्कमा आइसकेका छन् । उनी धरानस्थित प्राइम बैंकको शाखाको सहायक मेनेजर भएको खुलेको छ । उनी बैंकमा इटहरीबाट नै आउजाउ गर्ने गरेको भन्ने जानकारी दिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार इटहरीको स्वास्थ्यको टिमले फलो गरिरहेकोछ, उतैबा

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,002 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा स्थानिय र प्रहरी बिच झडप , उद्याेगमा ताेडफाेडकाे प्रयास

    इटहरी । सुनसरी इटहरी उपमहानगर स्थित खनारबाट सञ्चालन हुने एक उद्याेग घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच सामान्य झडप भएकाे छ । सुनसरी माेरङ औद्योगिक करिडाेर भित्र सञ्चालन हुदै आएको इटहरी उपमहानगरपालिका १३ खनारस्थित अरिहन्त अटो कोर्गेसन उद्याेगकाे प्रदुषणले स्थानीयमा नकरात्मक असर पुर्याएकाे भन्दै घेराउ गरी नारावाजी गर्ने क्रममा प्रहरी संग सामान्य झडप भएकाे हाे । उद्याेगबाट निस्किएकाे प्रदुषणका कारण वर्षाैदेखि पिडित बन्नुपरेकाे र सम्बन्धित सबै निकायहरूमा पनि गुहार माग्दा कतैबाट सहयाेग नपाएपछि उद्याेगबिरूद्ध इटहरी उपमहानगरपालिका १३ खनारस्थित ग्रामथान टोलका स्थानीयहरू आन्दोलित  बन्दै

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 1,207 पटक पढिएको
    • " तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved