इटहरीमा स्थानिय र प्रहरी बिच झडप , उद्याेगमा ताेडफाेडकाे प्रयास

  • साउन ३०, २०७७
  • " तेजबहादुर बन"
alt

इटहरी । सुनसरी इटहरी उपमहानगर स्थित खनारबाट सञ्चालन हुने एक उद्याेग घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच सामान्य झडप भएकाे छ । सुनसरी माेरङ औद्योगिक करिडाेर भित्र सञ्चालन हुदै आएको इटहरी उपमहानगरपालिका १३ खनारस्थित अरिहन्त अटो कोर्गेसन उद्याेगकाे प्रदुषणले स्थानीयमा नकरात्मक असर पुर्याएकाे भन्दै घेराउ गरी नारावाजी गर्ने क्रममा प्रहरी संग सामान्य झडप भएकाे हाे । उद्याेगबाट निस्किएकाे प्रदुषणका कारण वर्षाैदेखि पिडित बन्नुपरेकाे र सम्बन्धित सबै निकायहरूमा पनि गुहार माग्दा कतैबाट सहयाेग नपाएपछि उद्याेगबिरूद्ध इटहरी उपमहानगरपालिका १३ खनारस्थित ग्रामथान टोलका स्थानीयहरू आन्दोलित  बन्दै आएका छन ।

उनिहरूले शुक्रबार उद्याेग परिषरमा भेला भइ प्रदुषण नियन्त्रण गर्नुपर्ने अन्यथा उद्याेग नै बन्द गर्नुपर्ने जस्ता माग राख्दै नाराबाजी गरेका छन । उद्याेगबाट निस्किएकाे रसायनयुक्त फोहर पानी र गन्धका कारण आफुहरु बिरामि पर्नुका साथै चाैपायालाइ समेत नकरात्मक असर पर्न थालेकाे इटहरी १३ खनारस्थित ग्रामथानका ५३ वर्षीय रामनाथ चाैधरीले बताए । यता वडाध्यक्ष शिवनारायण चाैधरी पनि उद्याेगकाे प्रदुषणले हैरानी खेप्नु परेकाे बताउछन । उद्याेग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुराेध गरेपनि अटेर गरिदिएकाे कारण अहिले याे समस्या अाएकाे वडाध्यक्ष शिवनारायण चाैधरीले बताए ।

उद्याेगबाट निस्किएकाे प्रदुषणकै कारण स्थानीयहरूकाे स्वास्थ्यमा नकरात्मक असर परेकाे पनि देखिएकाे छ । बालबालीकाहरूकाे शरिरमा राताे फाेका , डाबर र जिउभरी खटीरा आएको  देखिएकाे छ । उद्याेगका कारण बिगत ८ महिनादेखि आफुहरु प्रत्यक्ष मार्कामा पर्दै आएको  पिडितहरूले बताएका छन । साेहि क्रममा स्थितिलाइ नियन्त्रणमा लिन खाेज्दा सामान्य झडप हुन पुगेकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले बताए । उद्याेग प्रसाशनबाट स्थानीयले ताेडफाेड गरेकाे भनि जानकारी गराएपछि टाेली घटनास्थल पुगेकाे र स्थिति नियन्त्रणमा लिन खाेज्दा सामान्य घम्साघम्सी भएकाे प्रहरी निरिक्षक श्रेष्ठले बताए । यता अरिहन्त अटो कोर्गेसन उद्याेग प्रसाशनका प्रतिनिधि कपिल रेग्मिले उद्याेगकाे कारण स्थानीयमा मात्र नभइ चाैपायामा पनि असर परेकाे स्विकार्दै समस्या सामधानका लागि सम्बन्धित निकायमा पहल गरिसकेकाेले केहि समय पर्खन स्थानीयहरूलाइ आग्रह गरेका छन ।

उनले भने, `हामिले सम्बन्धित मान्छे र स्थानहरूमा उद्याेगकाे प्रदुषणबारे खबर गरिसकेका छाै उहाहरू पनि याे बिषयमा गम्भिर हुनुभएकाेले केहि समयपछि समस्या हल हुन्छ ।´

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved