लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग वाणिज्य संघको आग्रह

  • साउन ३०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ३० साउन ÷विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण धनकुटामा पनि फैलन सक्ने भएकाले स्थानीय प्रशासनले लगाएको लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले आज प्रेस विज्ञप्ति जारी गरी धनकुटामा पनि दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलदै गएकाले त्यसको नियन्त्रणको लागि धनकुटामा लगाइएको लकडाउनको पूर्ण पालना गर्न जिल्लावासी उद्योगी, व्यापारी तथा व्यवसायीहरुलाई आग्रह गरेको छ । धनकुटामा पनि समदायस्तरमा कोरोना भाइरस फैलन सक्ने खतरा तिब्ररुपमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट २०७७ भदौं ४ गतेसम्म जारी गरेको लकडाउन तथा निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित र संयमित हुन उद्योगी, व्यापारी, व्यवसायी तथा जिल्लावासीमा विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईद्धारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आ–आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै खाध्यान्न तथा तरकारीका पसलहरु निषेधाज्ञाको समयमा विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएकाले सागसब्जी खरिद गर्न जादाँ अनिवार्य माक्स लगाउने, हात धुने र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । धनकुटामा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो समय २०७७ साउन २८ गते धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लगायतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने आंशकामा कोरोना संकट व्यवस्थापन समितिको बैठकले धनकुटा नगरपालिकाका ६ वटा वडामा साउन २९ गतेदेखि भदौ ४ गतेसम्म कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न संक्रामक रोग ऐन, २०२० बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved