प्रदेश १ मा ९५ जना संक्रमित थपिए

  • साउन ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ३० साउन । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीक १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज भएकाहरु भ्mापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

मेची अस्पतालबाट पीसीआर परीक्षण शुरु

आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ ।
यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved