विराटनगर । विराटनगरमा होम आईसोलेसनमा रहेका एक संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–६ सरोचियाका ती पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको थियो । वडाअध्यक्ष विजय कामतका अनुसार गत भदौ ३ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई घरमै आईसोलेसनमा थिए । उनका दीर्घरोग रहेको बताइएको छ । कोरोना विशेष अस्पतालहरुमा बेड खाली नहुँदा विराटनगरमा ३ सय ४१ जना संक्रमित होम आईसोलेसनमा रहेको महानगरले जनाएको छ । योसंगै विराटनगरमा कोरोना ९ जना संक्रमितको मृत्यु भएको छ ।
इटहरी । सुनसरीकाे इटहरी उपाहानगरपालीकामा शुक्रबार थप पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे छ । गत भदाै १ गते स्वाब संकलन गरी पठाइएकाेमा ५ गते प्राप्त रिपाेर्ट अनुसार पाँच जनामा काेराेना संक्रमण पुस्टी भएकाे हाे । इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी सहित ५ जनामा काेराेना पुस्टी भएकाे हाे । त्यसैगरी इटहरी वार्ड नं २० , ४ , ५ र ८ मा एक एक जना गरी ४ जनामा काेराेना संक्रमण पुस्टी भएकाे इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख राम कुमार धमलाले बताए । संक्रमित मध्ये इटहरी ४ कि एक महिला हुन भने बाकि सबै पुरूष रहेकाे बताइएकाे छ । शुक्रबार ५ जनाम
धरान । कोरोनाको महामारीको अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लाई बराह ज्वेलरी इण्डष्टृज प्राली तथा बराह ग्रुपको २६ औ बार्षिक उत्सबको अवसरमा सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । बर्सेनि विभिन्न सामाजिक कार्य गरेर बार्षिक उत्सब मनाउने गरे पनि यस बर्ष भने कोरोनाको महामारीले कार्यक्रम गर्न नसकिए पनि फ्रन्टलाइन मा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरिएको हो । प्रत्येक बर्षको भदौ ५ गते बराहले बार्षिक उत्सब मनाउने गरेको छ । यस बर्ष पनि सोही दिन एक कार्यक्रमको आयोजना गरि सुरक्षाको ल
धरान । स्वास्थ्यकर्मीमै कोरोना संक्रमण फैलिन थाले पछि संक्रमितहरु को कन्ट्याक्ट ट्रसिङ्को क्रममा गरिएको स्वाब परिक्षणमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक स्टाफ नर्ससहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएकी नर्स प्रतिष्ठानको गाइनो इर्मजेन्सीमा कार्यरत थिइन । धरान १५ पुष्पाञ्जली मार्गका कि उनलाइ गाइनोमा अन्य नर्सहरुमा कोरोना पाजेटिभ देखिएपछि कन्ट्याकङ ट्रेसिङमार्फत उनको पनि स्वाब परीक्षण गरिएको थियो । केही दिन अघि कोरोना संक्रमितको सम्पर्कमा रहेका दुई जना कुरुवामा पनि कोरोना पुष्टि भएको छ । उनिहरु एन्फा क्वारेन्टाइन मा राखिएको थियो । यस्तै, कोभि
धनकुटा, ५ भदौ / धनकुटामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि एकहप्ताको लागि धनकुटामा निषेधाज्ञा घोषणा गरिएको छ । सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले थप समुदायस्तरमा संक्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । संक
धरान/ इलाका प्रहरी कार्यलय धरानले गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।धरान १६ लोकतान्त्रिक चोकका स्थानिय ३४ वर्षिय किरण धिमाललाई प्रहरीले पक्राउ गरेको हो । धिमालले आफ्नै घरमा गाँजा लुकाइ छिपाइ बेच्ने गरेको भन्ने विशेष सुचनाको आधारमा धिमाललाई ६ किलो तयारी गाँजा सहित पक्राउ गरेको हो ।पक्राउ परेका धिमाललाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
विराटनगर । कोरोना संक्रमण पुष्टि भएका विराटनगरका पत्रकारको परीक्षणमा कोरोना नेगेटिभ रिर्पोट आएको छ । पछिल्लो पटक ६ जना पत्रकारको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये उद्घोष दैनिकका पाँच जना पत्रकार छन् । संक्रमण मुक्त हुनेमा सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, बाबुराम भण्डारी, संजीव खनाल, जितेन्द्र नारायण ठाकुर छन् । यसैगरी पत्रकार दिनेश साह कोरोना मुक्त भएका छन् । तीन जना पत्रकार होम आईसोलेसनमा थिए भने तीन जना विराटनगर १९ को बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा बसेका थिए । पत्रकारहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाई गर्ने तय भएको छ ।
विराटनगर / प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिकामा ४ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष, मोरङको बुढीगंगामा २ महिला २ पुरुष, सुन्दरहरैचामा १ महिला ५ पुरुष, तेह्रथुमको म्याङलुङमा ३ महिला ६ पुरुष, उदयपुरको त्रियुगामा १ महिला ३ पुरुष, धनकुटाको शहिदभुमी र झापाको गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त
काठमाडौ २०७७ भदौ ४ बिहीबार / आज थप ७ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ । नेपालमा मृतकको संख्या १२२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ जना जना रहेका छन् ।
विराटनगर । मोरङको रंगेलीमा पसल खोल्ने विषयमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लकडाउनलाई रंगेली क्षेत्रमा कडाई गरिंदै आएको छ । लाठीचार्जपछि आक्रोसित भएका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का स्थानीयले आमगाछीमा अवस्थित प्रहरी चौकी (ख) घेराउ गरेका हुन । पसल खोलेको विषयमा विवाद भएको बताइएको छ । स्थानीय सुरेन्द्र मण्डलका अनुसार लाठी लागेर केही स्थानीयलाई टाउकोमा समेत चोट लागेको छ । उनले भने,“अन्धाधुन्ध लाठी हान्न थालेपछि हामीले पनि विरोध गरेका हौं ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको टाउकोमा समेत च