बराहको २६ औ बार्षिक उत्सवको अवसरमा स्वास्थ्य सामग्री बितरण

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । कोरोनाको महामारीको अवस्थामा पनि फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लाई बराह ज्वेलरी इण्डष्टृज प्राली तथा बराह ग्रुपको २६ औ बार्षिक उत्सबको अवसरमा सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । बर्सेनि विभिन्न सामाजिक कार्य गरेर बार्षिक उत्सब मनाउने गरे पनि यस बर्ष भने कोरोनाको महामारीले कार्यक्रम गर्न नसकिए पनि फ्रन्टलाइन मा बसेर काम गर्ने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरिएको हो । प्रत्येक बर्षको भदौ ५ गते बराहले बार्षिक उत्सब मनाउने गरेको छ ।

यस बर्ष पनि सोही दिन एक कार्यक्रमको आयोजना गरि सुरक्षाको लागि स्वास्थ्यसामग्री प्रदान गरिएको छ । कार्यक्रमकी विशेष अतिथी धरान उपमहानगरपालिकाकी उपप्रमुख मन्जु भण्डारी सुबेदीले जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरी, इलाका प्रहरी कार्यलय धरान, सशस्त्र प्रहरी गुल्म धरानलाइ स्वास्थ्यसामग्री बितरण गरेकी थिइन भने नेपाल पत्रकार महासङ्ह सुनसरी र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताललाइ कार्यक्रमका प्रमुख अतिथी धरानका मेयर तिलक राइले बितरण गरेका थिए  ।

बराहले मास्क १५ सय २६, सेनिटाइजर ५ सय २६ र ग्लोब्स १५ सय २६ प्रदान गरेको छ । कार्यक्रममा बराह ग्रुपका प्रदेश १ संयोजक मान बहादुर दियालीले बराहले कमाएको मुनाफाको केही हिस्सा सामाजिक कार्यमा लगानी गर्दै आएकोमा यस बर्ष पनि निरन्तरता दिदै कोरोना महामारीमाको अवस्थामा सुरक्षा सामग्री बितरण गरिएको बताए । ग्राहकहरुलाइ पनि स्वास्थ्य सामग्री बितरण गरिने उनले बताए ।

बर्सेनि बितरण गरिने ग्राहक उपहार पनि सहज अवस्था आएपछी बितरण गरिने उनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी मेयर राइले सामाजिक कार्यमा बराहले गरेको योगदानको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।barah swasthya

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved