धनकुटामा निषेधाज्ञा घोषणा

  • भदौ ५, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ५ भदौ / धनकुटामा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि एकहप्ताको लागि धनकुटामा निषेधाज्ञा घोषणा गरिएको छ ।

सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले थप समुदायस्तरमा संक्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भदौ ४ गते राति १२ बजेदेखि लागु हुने गरी भदौ ११ गते राति १२ बजेसम्मका अत्यावश्यक बाहेकका सम्पूर्ण आवत जावत लगायतका कार्यमा निषेध गरिएको छ ।

यस अघि प्रदेशसभाका सांसद कुशुम श्रेष्ठ लगायतका व्यक्तिहरुलाई कोरोना संक्रमण भएपछि धनकुटा नगरपालिकाका ६ वटा वडाहरुमा मात्र भदौ ४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । तर छिमेकी जिल्लाहरुमा पनि कोरोनाको संक्रमण बढ्दै गएको र जिल्लामा पनि पछिल्लो पटक स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएकाले जिल्लाभर नै निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विमलीले बताए । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या २० पुगेको छ भने त्यसमध्ये १८ जना निको भएर घर फर्किसकेका छन् ।

यसैबीच धनकुटाको सहिदभूमिमा एक ४५ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पूष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सुचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

संक्रमितको सम्पर्कमा पुगेका जनप्रतिनिधि, कर्मचारीसहितका व्यक्तिहरुको स्वाब संकलन आजदेखि शुरु गरिएको अध्यक्ष राईले बताए । स्वाब परीक्षणको रिपोर्ट नआउञ्जेलसम्मका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरु समेत बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved