धरान । अनलाईन कक्षाको शुल्क लिने महेन्द्र बहुमुखी क्याम्पसको सुचना प्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनलाईन कक्षा संचालन गर्ने विषयमा शुक्रबार विद्यार्थी संगठनहरु सँग छलफल गरेको थियो । तर छलफलमा शुल्कको विषयमा कुनै निर्णय नभए पनि क्याम्पसले शुल्क सहितको सुचना सार्वजनिक गरे पछि अखिलले आपत्ति जनाएको हो । साविक अखिलका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्वारा संयुक्त जारी विज्ञप्तीमा सुचना तत्काल सच्याउन माग गरिएको छ । क्याम्पसले भदौ २८ गते देखि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ ,। कोरोना जोखिम न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनले अर्थतन्त्र तहस
धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान
इटहरी । सिंङ्गो मुलुक कोरोनाको कहरमा परिरहदा प्रदेश एकको अन्य जिल्लाहरूको तुलनामा सुनसरी निकै संवेदनशिल मानिएको छ । भारतसंग जोडिएका सबै सिमाहरूमा निगरानी बढाउने देखि, नियमित चेकजाँचमा समेत कडाइ गरिएको थियो । स्थानीय सरकार देखि सुरक्षा संयन्त्र सबै परिचालन गरी जिल्लालाइ निषेधित क्षेत्र तोक्दै कार्यान्वयन पक्ष बलीयो बनाइएको थियो । प्रदेश एकको उदयपुरमा पहिलो पटक कोराना संक्रमण पुष्टी भइरहदा सुनसरीमा उच्च सतर्कता अपनाउनुका साथै कडाइका साथ लकडाउनको पालना भएको थियो । चैत्र महिनाबाट नेपालमा कोरोनाको संक्रमण देखिएपनि बैशाख अन्तिममा प्रदेश एकको जिल्लाहरूमा देखिएको थियो । उदयपुरको भुल्केस्थित एक मस्जिद
काठमाडौ २०७७ भदौ २० शनिबार १६:२२:०९ प्रकाशित / आज थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २७ हजार १२७ जना रहेका छन् । शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएक
धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण पुष्टि भई दुहबीका पत्रकार चन्दन रौनियार ११ दिनको आइसोलेशन बसाई पछि कोरोना परास्त गर्न सफल भएका छन् । ११ दिनको आईसोलेशनको बसाई पछि अगामी दिनमान थप सर्तक र सुरक्षित बन्न प्रेरणा मिलेको उनले बताएका छन् । सुनसरीको दुहवीवाट समाचार संकलनका लागि अग्रपंतिमा रही समाचार संकलन गरिरहेका उनको रिपोर्ट पोजेटिभ आएपछि प्रदेश नं. १ मोरङको सुन्दर हरैँचा स्थित प्रदेश सरकारले बनाएको आइसोलेशनमा ११ दिनका बसाई पछि उनले शुक्रबार कोरोनालाई परास्त गरी घर फर्कीएका छन् । घर फर्किए पछि उनले भने “समाजमा कसैलाई कोरोना संक्रमण हुँदा समाजको हे
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । उपचारमा रहेकी एक जनाको कोसी अस्पताल विराटनगर र अर्की महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोशी अस्पतालमा मृत्यु भएकी महिलाको रिर्पोट आज बिहान पोजेटिभ आएको कोसी अस्पताल आईसोलेसनका प्रमुख डा. लक्ष्मीनारायण यादवले बताए । उनी विराटनगर महानगरपालिका वडा नम्बर–४ की बासिन्दा हुन । उनको हिजो साँझ कोसी अस्पतालमा मृत्यु भएको बताउँदौ डा.यादवले भने,“६४ वर्षीया महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।” महिलामा स्वास्थ्य समस्या देखिएपछि उपचारको लागि शुक्रबार
इटहरी । इटहरीको एक होटलमा काम गर्ने कामदार सहित इटहरीमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी स्थित हिरा होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने एरिना टेलिभिजनका सञ्चारकर्मी २४ वर्षिय पुरुष, इटहरी ९ का १ जना २९ वर्षिय महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन । इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन । यो संगै इटहरीमा क
शेरबहादुर परियार,पोल्याण्ड/ / "केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन् एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा।उनले नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका
इलाम/ माङसेबुङ गाउँपालिका १ स्थित गजुरमुखी मन्दिरमा गएराती पहिरो गएको छ । राति अन्दाजी पौने २ बजेतिर रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युत पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्ष बगेर मन्दिरमा झरेको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए । पहिरोले मन्दिरको संरचना समेत भत्काएको अध्यक्षको भनाई छ । चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा गजुरमुखी पर्दछ । यसलाइ बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको बिम्मदन्ती छ । विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुक
धरान । अवैध युरिया मल भन्सार छलि ल्याउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीको टोलिले सुनसरीका विभिन्न स्थानबाट भन्सार छलि गरि ल्याइएका युरिया मल पक्राउ गरेको हो । प्रहरीका अनुसार करिब ६७ हजार मुल्य बराबरको ६७ बोरा युरिया मल पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएका युरिया मल आवश्यक कारवाहीको लागि शुक्रबार भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जनाएको छ ।