एनआरएनए पोल्याण्डका अध्यक्षको पत्रकार कोषलाई १ लाख रकम सहयोग 

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 
शेरबहादुर परियार,पोल्याण्ड/ / "केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन्  एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा।उनले  नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन् ।
 
नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत  महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग  गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका लोहनी सापकोटाको संयुक्त नामबाट उक्त रकम प्रदान गरेका हुन्।
 
"केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"
 
अहिले विश्व कोभिड-१९ को महामारीको अबस्थामा छ तर पत्रकारहरु आफ्नो ज्यानको प्रबाह नगरी पहिलो पंक्तिमा रहेर सूचना सम्प्रेषण गरिरहेका छन् उनीहरुको   कामबाट आफूहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको हो।समाज प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने र यो अभियान पत्रकारको मात्र होइन हामी नागरिक समाजको पनि हो भन्ने अभिप्रायले रकम हस्तान्तरण गरेको अध्यक्ष सापकोटाले बताए।
 
 नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई अन्य युरोपेली मुलुकहरुको तुलनामा पोल्याण्डमा रहेका नेपालीको आय आनुपातिक रुपमा कमी रहेको छ यद्धपी सहयोग गर्नका लागि आय भन्दा मन ठूलो चाहिन्छ भन्ने कुरा पोल्याण्डका साथीहरुले  प्रमाणित गरिदिनु भएको छ ।सहयोगी मन र हातहरुलाई पत्रकार महासंघ युरोप शाखा मार्फत नेपालका १९ हजार बढी   श्रमजीवी पत्रकारहरुको तर्फबाट उच्च सम्मान रहेको बताए। महासंघका अध्यक्ष राई युरोपमा रहेका नेपाली समुदायका अगुवा,नेपाली संघ संस्था सबैलाई पत्रकार महासंघको यो अभियानलाई  यथासक्य सहयोग गर्न अनुरोध गर्छन्। 
पोल्याण्डबाट यस अघि नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य शेरबहादुर परियारले १ लाख ११ हजार १सय ११ र प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवालले १ लाख ५ हजार ५ सय कोषलाई सहयोग गरेकाथिए। 
 
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोषको लागि महासंघको तर्फबाट ३० लाख जम्मा गरेर सुरुवात गरेको कोष कम्तीमा १ करोडको बनाइने बताइएको छ।कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको छ।
 
पछिल्लो समय नेपालमा पत्रकारहरुले   कोभिड १९ सक्रमणका  कारण जागिर गुमाउनु परेको, बेतलवी विदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता कारणले जीवनयापनमै समस्या उत्पन्न भएको छ । यसैगरी गम्भीर विरामी पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved